नयाँ दिल्ली: सुप्रीम कोर्टले मथुरा स्थित श्रीकृष्ण जन्मभूम मामिलामा ट्रायल कोर्टबाट हाई कोर्टमा सरेको १८वटा याचिकाहरूको सुनवाई गर्नुपर्ने इलाहाबाद हाईकोर्टको फैसलालाई मुस्लिम पक्षद्वारा चुनौती दिइएको याचिकामाथि हुने सुनवाईलाई स्थगित गरिदिएको छ।
चीफ जस्टिस सञ्जीव खन्नाको बेञ्चले भने , यो चिकालाई हेरिनेछ, तर हाई कोर्टको सिंगल बेञ्चको फैसलाको अपील हाई कोर्टको बेञ्चबाट मात्र सम्भव छ।
यस मामिलामा हिन्दू पक्षले पहिला नै केवियट दर्ता गरिसकेको छ। इलाहाबाद हाई कोर्टले गत१अगस्तमा श्रीकृष्ण जन्मभूमि -शाही ईदगाह विवाद मामिलामा १८ वटा याचिकाहरूलाई सुनवाई गर्न लागेको थियो भने यी याचिकाहरूमाथि एकसाथ सुनवाई गर्ने मागलाई पनि स्वीकृत दिएको थियो। हिन्दू पक्षद्वारा दर्ता यी १८ वटा याचिकाहरूमा विवादित स्थललाई श्रीकृष्ण जन्मभूमि बताउँदै सो भूमिलाई हिन्दूहरूलाई सुम्पिननु पर्ने माग गरिएको छ।