सिलगढी: पिकअप भ्यानले ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन्। नक्सलबारीको किलाराम जोत क्षेत्रमा रहेको कल्भर्ट नजिक उभिरहेको बेला नक्सलबारीबाट आउँदै गरेको पिकअप अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खेतमा पल्टिँदा युवकलाई ठक्कर दिएको समाचार छ। घटनामा अनिल मल्लिक गम्भीर घाइते भएका छन्। घाइते युवकलाई नक्सलबारी अस्पतालमा प्राथमिक उपचारपछि बागडोग्राको निजी अस्पतालमा भर्ना गरियो। सूचना पाएपछि नक्सलबारी पुलिसले पिकअप चालकलाई नियन्त्रणमा लिएको छ। घटनापछि पुलिसले पिकअपलाई नियन्त्रणमा लिएको छ।