मोबाइल टावरको उपकरण चोरी गर्दै गर्दा एक युवक रंगेहात पक्राउ

IMG-20241129-WA0175

सिलगढी: सिलगढी नजिकैको फुलबारीको अमैदिघी क्षेत्रमा गाउँलेहरूले एक युवकलाई मोबाइल टावरका उपकरण चोरी गर्दै गर्दा रंगेहात पक्रेर पुलिसको जिम्मा लगाएका छन्। अभियुक्तको नाम ऋषिकेश विश्वास हो। उनी रामपुरहाटका बासिन्दा हुन्। समाचारअनुसार फुलबारी अमैदिघी क्षेत्रमा रहेको मोबाइल टावर लामो समयदेखि बन्द छ। उक्त टावरका सामानहरु लामो समयदेखि चोरी हुँदै आएको छ। आज आरोपी ती टावरमा पार्टपुर्जा चोर्न आएपछि गाउँलेले युवकलाई समाते। मानिसहरूले तुरुन्तै नयाँ जलपाईगढी थाना पुलिसलाई खबर गरे। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर युवकलाई पक्रेर पुलिस चौकी लग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement