देशमा सबैभन्दा बढी कर तिर्ने अभिनेता

00-1-Shah-Rukh-Khan-2

यदि देशमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति अक्षय कुमार वा सलमान खान हुनुहुन्छ भन्ने सोच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ। किनभने अहिले अंक र समय फेरिएको छ। यस वर्ष सरकारी कोषमा सबैभन्दा बढी कर तिर्ने अभिनेता हुन् शाहरुख खान। जसले गत वर्ष बक्स अफिसमा कमब्याक गरेको थियो। फर्च्युन इण्डियाको रिपोर्ट अनुसार आर्थिक वर्ष २०२३-२०२४ मा सबैभन्दा बढी कर तिर्नेको सूचीमा शाहरुख खान शीर्ष स्थानमा थिए। जसले ९२ करोड रुपियाँ कर तिरेको छ। यसपछि दोस्रो नाम दक्षिणको हो। यदि प्रभास वा अल्लु अर्जुनलाई सोच्दै हुनुहुन्छ भने पूर्णतया गलत हुनुहुन्छ। साउथमा सबैभन्दा बढी कर तिर्ने फिल्म स्टारको नाम विजय थालापाठी हो। जसले २०२३-२०२४ मा ८० करोड रुपियाँ कर तिरेको थियो र यो सूचीमा दोस्रो थियो। त्यसपछि ७५ करोड रुपियाँ दिने सलमान खान र त्यसपछि ७१ करोड रुपियाँ सरकारलाई कर दिएका अमिताभ बच्चन आउँछन्। शाहरुख खानले सन् २०२३ मा हलचल मच्चाएको थियो। पठान पहिलो पटक जनवरी २०२३ मा रिलिज भएको थियो जसले बक्स अफिसमा विश्वभर एक  जहार करोड रुपियाँ कमाएको थियो र त्यसपछि जवान आयो जसले ११५० करोड रुपियाँ कमाएको थियो। त्यसपछि वर्षको अन्त्यमा डंकी रिलिज भयो जसले करिब ४०० करोड रुपियाँ कमाएको थियो। आजकल, ब्लकबस्टर फिल्महरूको नाफा र कमाईले पनि शाहरुख खानलाई सबैभन्दा धेरै पारिश्रमिक दिने अभिनेता बनाएको छ। जसले ठूलो नाफा कमाएको छ। २०२४ को हुरुन इण्डिया रिच लिस्ट अनुसार उनको कुल सम्पत्ति ७३०० करोड रुपियाँ छ र उनी देशका सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement