खरसाङ बजारदेखि विभिन्न क्षेत्रहरूमा पुग्ने सड़कको मरमत्ति कार्य गरिने सभासद श्याम शेर्पाको आश्वासान

खरसाङ: खरसाङ शहरी क्षेत्रमा रहेका डाउहिल रोड, डाउहिल रोगदेखि मुर्दाहट्टी जाने बाटो, कटलेरीको फादरवेरी रोड अनि खरसाङ टुरिष्ट लजदेखि हिमाली बोर्डिङ स्कूलसम्म जाने बाटोको मरमत्ति बर्खा सकिएपछि क्रमैले शुरू गरिने भएको छ। टुरिष्ट लजदेखि हिमाली बोर्डिङ स्कूलसम्म जाने बाटोको निरिक्षणमा आएका २८ नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पाले यसको जानकारी गराएका छन्। उनले यी बाटोहरू मध्ये मुर्दाहट्टी जाने बाटोको टेण्डर भइसकेको, अन्य बाटोको नाप जोक र कागज पत्रको काम भइरहेको बताउदै वर्तमानमा वर्षाकाल रहेकोले घाटहरू बन्द अवस्थामा छन्, पानी परिरहेको अवस्थामा पेलिएको अलकत्रा टिकाउ रहदैनन्। यसैले हामीले बाटोको मरमति वर्षाकाल सकेर शुरू गर्ने निर्णय गरेका हौँ भने। शेर्पाले जनसाधारण अनि चालकहरू लाई केही दिन धैर्य राखिदिने अपिल पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement