ग्राम पञ्चायतद्वारा जैविक मल मार्केटिङको प्रक्रिया शुरु

IMG-20241129-WA0160

जलपाईगढी: जलपाईगढी जिल्लाको मैनागढी ब्लकको खगराबारी नम्बर २ ग्राम पञ्चायतमा ठोस फोहोर व्यवस्थापन परियोजनाबाट जैविक मल तयार गरिएको छ। यो जैविक मल बजारमा बिक्री गर्ने प्रक्रिया शुरु  भएको छ। त्यो मल सरकारी मूल्यमा बिक्री भइरहेको छ। मैनागढी पुलिस थानाका आईसी सुबल घोषले उक्त जैविक मल प्रयोग गर्न पहल गरेका हुन्। उनले खगराबारी ग्राम पञ्चायतबाट एक बोरा जैविक मल ल्याएका हुन्। शान्ति सुरक्षा कायम राख्न मैनागुरी थानाका आईसी सुबल घोषले विशेष भूमिका निर्वाह गर्दै आएकाले पुलिस  चौकी क्षेत्रमा कृषि कार्य सञ्चालन गर्न पहल गरेको बताइएको छ। उनले पुलिस चौकीमा विभिन्न हिउँदे सब्जी  खेती गर्दै आएका छन्। फूलपोकी, बन्दागोभी, लौकी, सिमी लगायतका विभिन्न प्रकारका सब्जी पुलिस चौकीमा उपलब्ध हुनेछन्। त्यसैले सुबल घोषले जैविक मल प्रयोग गरेर जमिनको उर्वराशक्ति बढाउने पहल गरेका छन्। उनले सबै कृषक साथीहरुलाई यो जैविक मलको प्रयोग गर्न सुझाव समेत दिए। मैनागढी खगराबारी न० २ ग्राम पञ्चायतका प्रमुख बब्लु रायले भने, ‘यो जैविक मल बजारमा पाइने जैविक मल भन्दा धेरै राम्रो हुने भएकाले हरेक किसान साथी र सबैलाई यो जैविक मल प्रयोग गर्न आग्रह गर्दछु।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement