क्रूजिंग गर्न रूचाउनेहरूका निम्ति रोयल एनफील्डले ल्यायो नयाँ गोअन क्लासिक ३५० मोटरसाइकल

IMG-20241129-WA0157

काेलकत्ता: रोयल एनफील्डले ३५० सीसी सेगमेण्टमा आफ्नो उपस्थितिलाई अझ मजबूत गर्दै नयाँ गोअन क्लासिक ३५० मोटरसाइकल भारतीय बजारमा लञ्च गरेको छ। यस बाइकको शुरुवाती एक्स शोरुम मूल्य २.३५ लाख रुपियाँ राखिएको छ । यस बाइकलाई सिंगल टोन र डुअल टोन पेण्ट विकल्पमा पेश गरिएको छ, जसमा डुअल टोन भेरियण्टको मूल्य रु २.३८ लाख रुपियाँ (एक्स-शोरूम, कलकत्ता) छ। नयाँ गोआन क्लासिकलाई रोयल एनफील्ड क्लासिक ३५० मा आधारित बताइएको छ तर यसमा धेरै ठूलो परिवर्तन गरिएको छ, जसले यसलाई थप प्रीमियम र आकर्षक बनाउंँछ।
डिजाइन र सुविधाहरू
गोअन क्लासिक ३५० मा क्लासिक ३५०-कै प्ल्याटफर्म प्रयोग गरिएको छ। बाइकको ट्यांकी, साइड बक्स, फेण्डर र हेडलाइट हाउसिङ क्लासिक ३५० जस्तै छ । यससबीच एलईडी हेडलाइट्स, राउण्ड टेल ल्याम्प, एप-ह्यांगर ह्याण्डलबार र फर्वार्ड-सेट फुटपेगले यसलाई छुट्टै पहिचान दिन्छ। बाइकमा १९ इञ्चको फ्रण्ट र १६ इञ्चको रियर स्पोक ह्वील छन् । यसको साथमा दुवै चक्कामा डिस्क ब्रेक र डुअल च्यानल एबीएस रहेको छ। गोआन क्लासिकमा रेगुलर टेलिस्कोपिक फ्रण्ट फोर्क र रियर डुअल शक एब्जर्बर रहेको छ। यसका विशेषताहरूमा एलईडी लाइटिंग, सेमी-डिजिटल इन्स्ट्रुमेण्ट क्लस्टर, एडज,स्टेबल लिभर र रोयल एनफील्डको ट्रिपर नेभिगेसन सिस्टम सामेल छ।
परफर्मेन्स र इञ्जिनः
गोआन क्लासिक ३५० मा रोयल एनफील्डको जे-सीरीज इञ्जिन लगाइएको छ, जसले २० बीएचपी पावर र २७ एनएम पीक टर्क जेनेरेट गर्छ। यो इञ्जिनलाई ५ स्पीड गियरबक्ससँग जोड़िएको छ । बाइकको सीट उँचाई मात्र ७५० एमएम छ, जसले यसलाई कम्ती उँचाई भएका राइडरका लागि पनि उपयुक्त बनाउँछ।
रंग र अनौठो पेण्ट स्कीमः
यस मोटरसाइकललाई चारवटा आकर्षक रंग-रेभ रेड, ट्रिप टील, श्याक ब्ल्याक र पर्पल हेज-मा पेश गरिएको छ । यसको सिंगल-सिटर लुक र पेण्ट स्किमले यसलाई अझ विशेष बनाउँछ।

प्रतिस्पर्धाः
रोयल एनफील्ड गोअन क्लासिक ३५०-ले जावा पेराकसँग सीधा प्रतिस्पर्धा गर्नेछ, जुन यस सेगमेण्टमा एक मात्र बबर स्टाईल मोटरसाइकल हो। यसबाहेक यस बाइकले जावा र येज्दीका अन्य मोटरसाइकल, रोयल एनफील्डकै अन्य मोडल र होण्डा सीबी रेञ्जसँग पनि प्रतिस्पर्धा गर्नेछ। रोयल एनफील्डले गोअन क्लासिक ३५०-लाई ती ग्राहकहरूलाई ध्यानमा राखेर तयार गरेको छ, जो क्लासिक लुकको साथै आधुनिक प्रविधि चाहन्छन्। यस बाइक बजारमा कति चल्नेछ भन्ने चाहिँ समयले नै बताउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement