जलपाईगढीमा सरकारी जग्गा अतिक्रमण विरुद्ध कारबाही शुरु

IMG-20241129-WA0125

जलपाईगढी: केही व्यक्तिहरूले सरकारी जग्गा अवैध रूपमा कब्जा गरेर व्यापार गरिरहेको  भन्दै प्रशासनले कडा कारबाही शुरु गरेको छ। सरकारी जग्गा अतिक्रमण हटाउन जिल्ला र वार्ड प्रशासनले पुलिससँग मिलेर अभियान शुरु गरेको छ। जलपाईगढी सदर ब्लकको पहाडपुर ग्राम पञ्चायत अन्तर्गत जमिन्दारपाडा क्षेत्रमा अवैध घरहरू निर्माण भएको गुनासो पाएपछि पुलिस, बीडीओ र बीएलआरले अवैध घरहरू भत्काउन संयुक्त अभियान चलाए। मुख्यमन्त्रीले यसअघि नै अवैध कब्जा गरेको जग्गा फिर्ता लिन प्रशासनलाई कारबाही गर्न निर्देशन दिएकी छन्। सरकारी जग्गा अतिक्रमण गर्नेहरुको पहिचान गरी उद्धार कार्य शुरु गरिएको प्रशासनले जनाएको छ। कसैले गैरकानुनी रुपमा जग्गा अतिक्रमण गर्न खोजेमा प्रशासनले कडा कारबाही गर्ने भएको छ। यस्तै एउटा घटनाका सम्बन्धमा सदरका बीडीओ मिहिर कर्माकरले भने, ‘कुनै जग्गामा खानेपानी आयोजना सञ्चालन गर्दा उक्त ठाउँमा एक व्यक्तिले अवैध निर्माण शुरु  गरेको देखियो। उजुरी आएपछि भत्काइएको थियो।‘ यसैबीच जग्गाका मालिक सजल अग्रवालले भने, ‘मैले गोपाल दत्त नामका व्यक्तिबाट जग्गा किनेको थिएँ, र बीएलआर कार्यालयले रेजिस्ट्री, खतियान, दस्तखत दिएको थियो, तर अहिले प्रशासनले सरकारी हो भनी भनिरहेको छ। सरकारी जग्गा हो भने लिनुहोस्।‘ अर्कोतर्फ यस सम्बन्धमा जानकारी लिन जग्गा दलाल गोपाल दत्तलाई पटक पटक फोन गरे पनि फोन स्वीच अफ भएकाले कुनै प्रतिक्रिया आएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement