नाम्ची: राज्य खेलकुद एवं युवा मामिला विभागका सचिव एमटी शेर्पाले आज नाम्ची जिल्लामा विभिन्न खेलकुद सुविधाहरूको निरीक्षण भ्रमण गरे। सचिवले आफ्नो भ्रमणको क्रममा भाइचुङ स्टेडियमको निरीक्षण गर्दै मर्मत कार्य आवश्यक पर्ने क्षेत्रहरूमा मर्मतसम्भारको प्रस्ताव राखे।
यसैगरी, सचिवले स्पोर्ट्स होस्टेल परिसरको पनि भ्रमण गर्दै वार्डनलाई छात्रहरूको विकासका निम्ति रणनीतिक दृष्टिकोणमाथि ध्यान केन्द्रित गर्न र छात्रहरूको प्रदर्शनमा सुधारको निम्ति उचित पर्यवेक्षणमाथि ध्यान केन्द्रित गर्न जोड दिए। उनले स्टेडियममा खेलकुद विभागको कार्यालयको पनि भ्रमण गर्दै अधिकारीहरू र कर्मचारीहरूसॅंग अन्तरक्रिया गरे।
यस अघि सचिवले किचुडुमरा, कामराङमा निर्माणाधीन तरुणदीप राई आर्चेरी एकाडेमीको भ्रमण गरेर कार्य प्रगतिको बारेमा जानकारी लिए। सचिवले गत २७ नोभेम्बरको दिन जोरथाङ खेलमैदानको भ्रमण गरेका थिए। भ्रमणका क्रममा विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थिति थिए।