गान्तोक: विद्युत विभागका कर्मचारीहरूको असाधारण समर्पण र कडा परिश्रमको कदर गर्दै आयोजित एक विशेष अभिनन्दन कार्यक्रममा विधायक तथा विद्युत विभागका सल्लाहकार सञ्जित खरेल सहभागी बनेका छन्।
नागरिकहरूलाई निर्बाध बिजुली आपूर्ति सुनिश्चित गर्न कर्मचारीहरूका अथक प्रयासको लागि समर्पित यो कार्यक्रममा प्रधान मुख्य अभियन्ता एवं सचिव, मुख्य अभियन्ताहरू, निर्देशकहरू लगायत अन्य गन्यमान्य व्यक्तित्वहरू उपस्थित थिए।
कार्यक्रममा वित्तीय बाधाहरू बिना आफ्नो लक्ष्य प्राप्त गर्नका लागि सशक्त बनाउन विद्युत विभागका कर्मचारीहरूको ब्याज-मुक्त ऋण योजनाको पनि शुरुवात गरिएको छ।

सिक्किम राज्यको ५०औं गौरवशाली वर्ष मनाउँदै गर्दा यो पहलले प्रगति र समृद्धिको लागि प्रतिबद्धताको एउटा उदाहरण प्रस्तुत गरेको छ।