महिला सशक्तीकरणका लागि कार्यशालाको आयोजना

IMG-20241128-WA0242

गान्तोक: सिक्किम राज्य महिला आयोगद्वारा आज राजधानीस्थित मनन केन्द्रमा राष्ट्रिय महिला आयोगको सहयोगमा “बिल्डिंग रिजिलियन्ट कम्युनिटीज: वुमन एन्ड सस्टेनेबल इकोसिस्टम इन एनईआर” माथि दुई दिवसीय क्षमता निर्माण कार्यशाला आयोजना गरियो।
कार्यशालाले दिगो अभ्यासहरू प्रवर्द्धन गरेर महिलाहरूलाई सशक्तिकरण र समुदायहरूमा लचिलोपन बढाउने लक्ष्य राखेको छ। यसले चेतना अभिवृद्धि गर्न, क्षमताहरू निर्माण गर्न र सहभागीहरूलाई उपकरण र ज्ञानको साथ अघि बढाउने मुख्य उद्देश्य लिएर आयोजना गरिएको हो। यस अवसरमा महिला एवं बाल विकास विभागकी योजना निर्देशक एवं सचिव नोर्मित लेप्चा, सदस्य सचिव युसा लाचेन्पा र स्रोतवक्ताहरूमा विज्ञान एवं प्रविधि विभागकी वैज्ञानिक परिना गुरूङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव नोर्मित लेप्चाले यो कार्यशाला सबै सहभागीहरूका लागि फलदायी प्रमाणित हुने विश्वास व्यक्त गर्दै, उनीहरूसँग अन्तक्रिया गरेर कार्यक्रमलाई फलदायी बनाउनु मुख्य उद्देश्य रहेको जानकारी गराइन्।
सहभागीहरूलाई कार्यशालामा सक्रिय रूपमा संलग्न हुन र लचिलोपन र दिगोपनलाई बढावा दिन उनीहरूको सम्बन्धित समुदायमा लागू गर्न सकिने सकारात्मक प्रतिक्रिया र व्यावहारिक रणनीतिबारे उनले प्रोत्साहन गरिन्। यसरी नै आफ्नो स्वागत सम्बोधनको क्रममा
युसा लाचेन्पाले कार्यशालाको महत्वबारे प्रकाश पारिन्। उनले महिला सशक्तिकरण र दिगो इकोसिस्टम अभ्यासहरू अपनाएर लचिलो समुदायहरू निर्माण गर्ने विषयमा जोड दिइन्। उनले कार्यशालाको उद्देश्य चेतना जगाउने, व्यावहारिक ज्ञान प्रदान गर्ने र चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगी प्रयासहरूलाई बढावा दिने रहेको बताइन्।
सोही प्रकारले काल्जेन डोल्मा तामाङले ‘जीविकामा जलवायु परिवर्तनका प्रभाव र यसमा देखिएको चुनौतीहरूलाई सम्बोधन गर्ने रणनीतिहरू’ शीर्षकको प्रस्तुति दिइन्। उनले जलवायु परिवर्तनको परिचय, सिक्किममा यसको प्रभाव, विभिन्न क्षेत्रहरूमा पर्ने प्रभावहरू र यी चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न आवश्यक रणनीतिहरू सहित मुख्य विषयबारे अवगत गराइन्।
यसरी नै परिना गुरुङले लैङ्गिक उत्तरदायी राहत र प्रतिक्रिया सम्बन्धी आफ्नो प्रस्तुतिमा विपद् व्यवस्थापन रणनीतिहरूमा लैङ्गिक दृष्टिकोणलाई एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले समावेशी विपद् व्यवस्थापन ढाँचाहरू सिर्जना गर्ने अभ्यासहरू, चुनौतीहरू र कदमहरू प्रकाश पारिन् जसले महिला सशक्तिकरण र समान परिणामहरूलाई बढावा दिन्छ। उनले लैङ्गिक-उत्तरदायी दृष्टिकोण मार्फत तयारी र लचिलोपन बढाउन सामुदायिक स्तरमा क्षमता निर्माणको महत्त्वबारे प्रकाश पारिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement