अरुणाचल ब्रुट ट्रेल रनमा अमर सुब्बा पाँचौ स्थानमा

IMG-20241128-WA0240

गान्तोक: सिक्किमका म्याराथनम्यान अमर सुब्बाले अरुणाचल प्रदेशको बासरमा भएको खुल्ला पुरुष वर्गमा ६० किलोमिटर ब्रुट ट्रेल रन च्याम्पियनसिपमा पाँचौं स्थान हासिल गरेका छन्। उनले गत वर्ष तेस्रो स्थान हासिल गरेका थिए। यो ट्रेल रन राष्ट्रिय लिगको अंशको रुपमा आयोजन गरिएको थियो। यस प्रतियोगितामा सहभागी खेलाडीहरूले अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएशनबाट अंकका साथ मान्यता पाउने गरेका छन्। म्याराथनम्यान सुब्बाले भारतको एथलेटिक महासंघको तर्फबाट सञ्चालन हुने विश्व ट्रेल च्याम्पियनसीप २०२५ छनोट परीक्षणका लागि सामेल भएका छन्। यदि प्रक्रियाअन्तर्गत मामदन्ड पूरा भएको खण्डमा विश्व ट्रेल च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यस उपलव्धिमा हर्ष प्रकट गर्दै उनले आफ्ना प्रायोजक संघ संस्थाहरुलाई धन्यवाद प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement