दोस्रो टेस्टको निम्ति अष्ट्रेलियन टीममा अनक्याप्ड खेलाड़ी ब्यू वेबस्टरलाई मौका

IMG-20241128-WA0238

सिडनी: अष्ट्रेलियाले भारतविरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको दोस्रो म्याचको निम्ति अलराउण्डर ब्यू वेबस्टरलाई चोटग्रस्त मिचेल मार्शको विकल्पको रूपमा टीममा सामेल गऱ्यो। पाँचवटा टेस्ट म्याचको सीरीजअन्तर्गत पर्थमा खेलिएको पहिलो टेस्ट म्याचको अवधि मार्शलाई चोट लागेको थियो। पहिलो टेस्ट म्याचमा भारत २९५ रनले विजयी भएको थियो। मार्श जस्तै देब्रे हातका पेस बलिंग अलराउण्डर वेबस्टरले अन्तर्राष्ट्रिय पदार्पण गरेका छैनन् तर गत दुई सालमा शेफील्ड शील्डमा असाआधारण प्रदर्शन गरेका छन्। यस ३० वर्षीय खेलाड़ीले ५ वटा शतक र ९ वटा अर्द्धशतकको साथ १७८८ रन बनाएका छन्। उनले यस हप्ता न्यू साउथ वेल्सविरुद्ध तस्मानियाको शेफील्ड शील्डको म्याचमा असाधारण प्रदर्शन गरी प्रभावित गरेका थिए। वेबस्टरले म्याचमा ६१ र ४९ रन बनाउनको साथै ५ विकेट पनि लिएका थिए। अष्ट्रेलियाई सीनियर टीममा मौका पाएपछि वेबस्टरले भने, मजबूत भारतीय ए टीमविरुद्ध अष्ट्रेलिया ए टीमबाट खेल्दै केही रन बनाउनको साथै विकेट हासिल गर्नु सुःखद रह्यो। ए टीमको म्याच सदा टेस्टको स्तरमा सामान्य तल हुन्छ। यसैकारण यसले तपाईंलाई शीर्ष स्तरको निम्ति तयार गर्छ। यसपाली म्याच समाप्त भएपछि बेल्स (पुरुष चयन समितिका अध्यक्ष जर्ज बेली)-को फोन आउनु मेरो निम्ति गौरवपूर्ण क्षण थियो। म टीममा सामेल हुन उत्साहित छु।
वेबस्टरसँग आक्रामक ब्याटिंगको साथमा पेस बलिंगमा सीमको असाधारण प्रयोग गर्ने क्षमता छ। शेफील्ड शील्डको गत सीजनमा उनलाई सर्वश्रेष्ठ खेलाड़ी चयन गरिएको थियो। उनले वर्तमान सीजनमा पनि त्यही फर्मलाई कायम राखेका छन्। टेस्ट सीरीजको पहिलो म्याचमा निराशाजनक हारपछि अष्ट्रेलियाई प्रशिक्षक एण्ड्र्यू म्याकडोनाल्डले ६ दिसम्बरदेखि एडिलेडमा शुरु हुने डे-नाइट दोस्रो टेस्ट म्याचको निम्ति आयोजक टीममा कुनै फेरबदल नगरिने बताएका थिए।
भारतविरुद्ध दोस्रो टेस्ट म्याचको निम्ति अष्ट्रेलियाई टीमः
प्याट कमिन्स (कप्तान), स्कट बोलाण्ड, एलेक्स केरी (विकेटकीपर), जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, मार्नस लाबुशेन, न्याथन लियोन, मिचेल मार्श, न्याथन म्याकस्वीनी, स्टीव स्मिथ, मिचेल स्टार्क र ब्यू वेबस्टर

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement