गुवाहाटी(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहिवार ब्रह्मपुत्रमा निर्माणाधीन गुवाहाटी उत्तर गुवाहाटी पुलको निर्माण कार्यको प्रगतिबारे जानकारी लिन निरीक्षण गरे। उनले पुलको निर्माण कार्य सुचारु रुपले भईरहेको बताए।
सरकारको योजना अन्तर्गत यसलाई जुलाई २०२५ पछिस्थानीय नागरिकहरूप्रति समर्पित गर्ने कार्यक्रम रहेको उनले बताए।
मुख्यमन्त्री सरमा जहाजमा सवार भएर पुलको निरीक्षण गरे र यसको निर्माणको जानकारी लिए। निरीक्षणको क्रममा डा. सरमाले निर्माण कम्पनीका अभियन्ताहरू र पीडब्ल्यूडीका अभियन्ताहरूसॅंग निर्माणका विभिन्न पक्षहरूको बारेमा चर्चा गरेका थिए।
उनले भने, यातायातको निम्ति खोलिएपछि यस पुलले ब्रह्मपुत्रको उत्तर र दक्षिण तटबीच सम्पर्कमा नयॉं आयाम थप्ने छ। मुख्यमन्त्रीको साथमा मुख्य सचिव डा. रवि कोटा, विशेष सचिव पीडब्ल्यूडी (आर) चन्दन सरमा, गुवाहाटी शहरका पुलिस आयुक्त दिगंत बोरा आदि पनि उपस्थित थिए।