डाँकाहरूको समूहले घरभित्रै पसेर लुटेको घटनाले स्थानीय जनता भयवित

IMG-20240717-WA0003

कछार (असम): कछार जिल्लाको उधारबन्द खासपुर क्षेत्रमा एकजना व्यापारीको घर र दोकानमा डाँकाहरूले डकैति गरेको घटनाले त्यस क्षेत्र आतंकितबनेको छ।
पुलिसले बिहिवार सो घटना बारे जानकारी दिदै ६-७ जना हतियारधारी डाँकाहरूको समूहले रामधन गोपाल नामक व्यापारीको घरमा पसेर घरका सदस्यहरूमाथि कुटपिट गरे र सबैलाई डोरीले बाँधेर अलमारीमा राखिएको नगद एक लाख रुपियाँ सहित लाखौं रुपियाँ मूल्य रहेको सुन, चाँदीको गहना लुटेर भागे। ती डाँकाहरूले रामधन गोपानको दोकानबाट पनि धनमाल लुटेको बताए। सो घटनाको सम्बन्धमा रामधनद्वारा स्थानीय थानामा प्राथमिकी दर्ता गरिएको छ। पुलिसले उक्त प्राथमिकीको आधारमा मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement