पहिलो दिन न्यूजील्याण्डको ८ विकेटमा ३१९ रन

IMG-20241128-WA0233

क्राइस्टचर्च: न्यूजील्याण्डले ईंग्ल्याण्डविरुद्ध तीनवटा टेस्ट म्याचको सीरीजअन्तर्गत बिहीवारदेखि शुरु पहिलो टेस्ट म्याचको पहिलो दिन असल स्कोर बनायो। हेग्ले ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले पहिलो दिनको खेल समाप्त हुँदासम्म ८ विकेटमा ३१९ रन बनायो। आयोजक टीमबाट अनुभवी ब्याटर केन विलियम्सनले सर्वाधिक ९३ रन बनाए। उनले १९७ बल खेलेर १० वटा चौका लगाए। ईंंग्ल्याण्डका बलरहरूमा स्पिनर शोएब बशीरले सर्वाधिक ४ विकेट लिए। यसरी नै गट एटकिन्सन र ब्रायडन कार्सेले पनि २-२ विकेट हासिल गरे। आज न्यूजील्याण्डको शुरुवात असल रहेन अनि ओपनर डेवोन कनवे केवल २ रन बनाएर दोस्रो ओभरमै आउट भए। यसरी ४ रनमा पहिलो विकेटको पतनपछि विलियम्सनले ईनिंग्स सम्हाले। उनले पहिला कप्तान टम लाथमसँग मिलेर स्कोर ६२ रनसम्म पुऱ्याए। आक्रामक मिजासमा खेलिरहेका लाथम अर्द्धशतकको नजिक पुगेर आउट भए। उनले ६ वटा चौकाको साथ ५४ बलमा ४७ रन बनाए। लाथम आउट भएपछि विलियम्सनले रचिन रविन्द्र (३४ रन)-सँग तेस्रो विकेटको निम्ति ६८ रनको पार्टनरशीप गरे। क्रीजमा अडिग रहने विलियम्सनले डेरिल मिचेलसँग पनि चौथो विकेटको निम्ति ६९ रन जोड़ेर स्कोर १९९ रन पुऱ्याए। मिचेलले १९ रन बनाए। विलियम्सन दुर्भाग्यशाली रहे अनि धैर्यपूर्ण ब्याटिंग गरेर पनि केवल ७ रनले गर्दा शतकदेखि चुके। न्यूजील्याण्डले पछिबाट विलियम्सन, टम ब्लण्डेल र न्याथन स्मिथलाई लगातार अन्तरालमा गुमायो। यसबीच ग्लेन फिलिप्सले चाहिँ दिनको अन्तसम्म लड़ाइँ गरेर ईंग्ल्याण्डका बलरहरूलाई सताए। दिनको खेल समाप्त हुँदासम्म फिलिप्स ४१ र टिम साउदी १० रनमा अविजित रहे। फिलिप्सले ५८ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement