मानसिक रूपले ग्रस्त युवतीको खोजीका लागि अदालतले दियो विशेष टोली गठन गर्ने आदेश

IMG-20241128-WA0192

जलपाईगढी: मानसिक रूपमा असन्तुलित युवती हराएको घटनामा उच्च अदालतको डिभिजन बेंचले दुई जिल्लाका एसपीलाई विशेष टोली गठन गर्न आदेश दिएको छ। मानसिक रूपए ग्रस्त छोरी हराएको कारणले गर्दा पिता सात महिनादेखि चिन्तित छन्। जलपाईगढीकी मानसिक रूपमा विक्षिप्त युवतीलाई सात महिना अगाडि अलिपुरद्वार महिला थानाको पुलिसले फेला पारेको थियो। छोरी फेला परेको खबर राति नै पितालाई दिइएको थियो। तर, भोलिपल्ट बिहान छोरी लिन जाँदा पुलिसले भन्यो कि उनलाई राति नै घर जान बस चढाइदिएको थियो, बाबुको भनाइ यस्तो छ। धेरै समय खोजी गर्दा पनि छोरीको कुनै पत्ता नलागेपछि, भ्यान चालक उनका पिताले लीगल राइट्स प्रोटेक्शन अर्गनाइजेसनको सहयोगमा हाईकोर्टको जलपाईगढी सर्किट बेंचमा मुद्दा दर्ता गराए। २६ नोभेम्बरमा दुवै पक्षको सुनुवाइपछि दुई न्यायाधीशको खण्डपीठले जलपाईगढी र अलिपुरद्वारका पुलिस अधीक्षकलाई विशेष टोली गठन गरी छोरीलाई खोज्न आदेश दिएको छ।

त्यसैगरी, हराएकी युवतीका परिवारले जलपाईगढी कोतवाली थानाले जेनरल डायरी नम्बर नदिएको आरोप लगाएका छन्। साथै, यो गरिब परिवारले पुलिसबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। यस घटनामा कोलकाता  उच्च अदालतको जलपाईगढी सर्किट बेंचका दुई न्यायाधीशले जलपाईगढी कोतवाली पुलिस, अलिपुरद्वार कोतवाली पुलिस र अलिपुरद्वार महिला पुलिसको भूमिकामाथि प्रश्न उठाएका छन्। मानसिक रूपमा असन्तुलित राखी रायका पिता पिन्टु रायले आँसु झार्दै भने, “छोरी सात महिना अगाडि घरबाट हराएकी थिइन्। धेरै ठाउँमा खोज्यौं तर भेटिएन। अचानक एक साँझ अलिपुरद्वार पुलिस थानाबाट फोन आयो र भनियो कि तपाईं,की छोरी फेला परेकी छिन्। मैले भनेँ, अहिले राति जलपाईगढीबाट अलीपुरद्वार पुग्न सम्भव छैन। उनलाई पुलिस थानामै राख्नुस्, म बिहानै निस्कन्छु। म बिहानै अलिलीपुरद्वार पुगेर पुलिस थानामा जाँदा पुलिसले भन्यो कि तपाईंकी छोरीलाई घर जान बसमा चढाइदिएको छ। यो सुनेर म धेरै निराश भएँ।” –न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement