जलपाईगढीमा घरसम्म नलबाट पानी पुर्याउने योजनामा तीव्रता ल्याउने

IMG-20241128-WA0194

जलपाईगढी: मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलबार घरसम्म नलबाट पानी पुर्याउने योजनाको कार्यान्वयनमा ढिलाइ भएकोमा अप्रसन्नता व्यक्त गरेकी थिइन्। उनले राज्य सचिवालयबाट सबै जिल्लाका डीएम र अन्य प्रशासनिक अधिकारीहरूसँग भर्चुअल बैठक गरिन् र योजनाको काम छिटो पूरा गर्न निर्देशन दिइन्। यसको पछि जलपाईगढीमा जल जीवन मिशनको काम तीब्र रूपमा अघि बढिरहेको छ। पीएचईको दाबी छ कि सदर प्रखण्डको पहाडपुर ग्राम पञ्चायतको जमिन्दारपाडा लगायत जिल्लाका विभिन्न स्थानहरूमा पेयजल जलाशयहरूको निर्माण कार्य चलिरहेको छ, तर पहाडपुर ग्राम पञ्चायतका उपप्रधानले असन्तोष व्यक्त गर्दै भने कि काम निकै ढिलो गति अघि बढिरहेको छ। केही स्थानहरूमा मुख्य पाइपलाइनको काम शुरु भएको छ भने केही ठाउँमा पाइपलाइन नै राखिएको छैन, पानी घरसम्म पु¥याउने कुरा त टाढा जाँदैछ। उनले यसो पनि भने कि केही सरकारी अधिकारीहरूको ढिलाइका कारण बासिन्दा पेयजलबाट वञ्चित छन्। तथापि, केही व्यक्तिहरूले खुशी व्यक्त गर्दै भने कि अब उनीहरूलाई पानीको समस्याबाट मुक्ति मिल्ने छ, किनकि धेरै वर्षपछि पेयजलको काम शुरु भएको छ। यस योजनाअन्तर्गत जिल्लामा कुल १५८ जलाशयहरू बनाइनेछन्, जस मध्ये ३६ पूर्ण भइसकेका छन्। बाँकी जलाशयहरूको काम तीव्र गतिमा चलिरहेको छ। पाइपलाइन र भ्याल्भ राख्ने काम पनि जोरसँग अघि बढिरहेको छ। जलपाईगढी  सदर ब्लकको बवालमारी नंदनपुर, गरलबाडी क्षेत्रहरूमा जल जीवन मिशन योजना घर-घरसम्म पुगेको छ। साथै, पटकटा ग्राम पञ्चायतको रायपुर चाय क्षेत्रसँगै खारिया र अरविन्द ग्राम पञ्चायतका केही स्थानहरूमा पनि पानी पुगिसकेको छ। सकटी क्षेत्रका बासिन्दाहरूसमेत पानी प्राप्त गरिरहेका छन्। सतकुरा क्षेत्रमा पनि पानी पुगेको छ। मुख्यमन्त्रीको नाराजगी पछि पीएचई विभागमा हलचल बढेको छ। सार्वजनिक स्वास्थ्य प्रविधि अधिकारी जलपाईगढीका कार्यकारी अभियन्ता सोमनाथ चौधरीले बिहीबार दिउँसोसम्म भने, ‘उपभोक्ताहरूलाई प्रति घर ५५ लिटरको दरले पानी उपलब्ध गराइनेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement