भाजपा युवा एकाईको पूर्व जिल्ला महासचिव प्रवेश राई हाम्रो पार्टीमा सामेल

IMG-20241128-WA0225

दार्जिलिङ: भाजपाको युवा एकाई वीजेवाईएमको पूर्व जिल्ला महासचिव प्रवेश राई हाम्रो पार्टीमा सामेल भएका छन्। दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा पार्टीको सभा सम्पन्न भयो। सभामा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स,पार्टी केन्द्रीय कार्यकर्ता शारदा राई सुब्बा, युवा एकाई अध्यक्ष राब्गे राई लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता देखेर प्रवेश राई हाम्रो पार्टीमा सामेल भएका छन्। पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले प्रवेश राईलाई खदा लगाएर पार्टीको झण्डा सुम्पिएका छन्। त्यसरी नै पार्टी केन्द्रीय कार्यकर्ता शारदा राई सुब्बा, युवा एकाई अध्यक्ष राब्गे राई आदिले खदा लगाउँदै पार्टीमा स्वागत जनाएका छन्। प्रवेश राईले आफ्नो राजनैतिक यात्रा २०१७ मा जन आन्दोलन पार्टीबाट शुरू गरेका थिए। गत २०२० मा उनी भारतीय जनता पार्टीमा सामेल भएका थिए। भाजपाले प्रवेश राईको राजनैतिक इमान्दारिता देखेर भाजपा युवा एकाई वीजेवाईएमको जिल्ला महासचिवको पदभारको दायित्व सुम्पिएको थियो। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता देखेर आज प्रवेश राई हाम्रो पार्टीमा सामेल भएको‌ जानकारी प्राप्त भएको छ।

About Author

Advertisement