दार्जिलिङको मेरिबोङ चियाबारीको गैरी गाउँ निवासी पूजा राईले पुरा गरिन् कम्प्युटर साइन्समा विधावारधि पूरा

IMG-20241128-WA0223

दार्जिलिङ: मेहनत तथा लगनशीलता भए सफलताको निम्ति शहरका नामी तथा दामी विद्यालयमै शिक्षा आर्जन गर्नु जरुरी छैन भन्ने उदाहरण बन्दै दार्जिलिङ जिल्लाको लिङिया मेरिबोङ ग्राम पञ्चायतको मेरिबोङ चियाबारीको गैरी गाउँ निवासी डाक्टर पूजा राईले कम्युटर साइन्समा विधावारधि हाँसिल गर्दै क्षेत्रलाई गौरवान्वित पारेकी छन्। स्वर्गीय सागर राई तथा शकुन्तला राईको कोखबाट १९८७ सालमा जन्मेकी राईले आफ्नो प्राथमिक शिक्षा छयासी प्राथमिक विद्यालयबाट पूरा गरेकी थिइन् भने पाचौंदेखि बाह्रौसम्मको शिक्षा सन्त टेरेजा कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट पूरा गरेकी थिइन् जहाँबाट वर्ष २००३ सालमा माध्यमिक तथा वर्ष २००५ सालमा उत्कृष्ट अंकको साथमा उच्च माध्यमिक पूरा गरिन् भने सन्त जोसेफ महाविद्यालयबाट कम्पयुटर साइन्समा वर्ष २००८ मा स्नातक पूरा गरिन्। उनी उच्च शिक्षाको निम्ति गान्तोक पुगिन् जहाँबाट वर्ष २०१२ सालमा मास्टर इन कम्पयुटर एप्लिकेशन (एमसीए) तथा मास्टर इन टेक्नोलोजी (एम टेक) पूरा गरेकी थिइन्। यसका साथै राईले यसै वर्ष कम्प्युटर साइन्सको “Towards Syntactic Analyses of the Nepali Language” शीर्षकमा इन्डियन ईन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी (IIIT-K) कल्याणीबाट विद्यावारधि हाँसिल गर्दै व्यक्तिगत उपलब्धिसँगै क्षेत्रको नाम उच्च पारेकी छन्। सानैदेखि पढाईमा अब्बल रहने राईले २०१४ मा नेट उतीर्ण गरेकी हुन् भने कलेज सर्भिस कमिसन (CSC) २०१६ मा पास गरी हाल कोलकाता विश्वविद्यालय अधीनस्थको न्यु आलिपुर महाविद्यालयमा सहायक प्राध्यापकको रूपमा कार्यरत् रहेकी छन्। उल्लेखनीय छ, राईले डा. संजय च्याटर्जीको मार्गदर्शनमा आफ्नो अनुसन्धान पूरा गरेकी हुन् भने उनको अनुसन्धानले नेपाली भाषा जस्तो अल्पस्रोत भाषाको प्राकृतिक भाषा प्रशोधन (Natural Language Processing) क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नेछ। यसका साथै राईले पहिलोपटक नेपाली ट्रीब्याङ्क, न्यूरल चङ्कर अनि डिपेन्डेन्सी पार्सर जस्ता कम्प्यूटेशनल उपकरण विकास गर्नुका साथै बङ्गाली-नेपाली समानान्तर ट्रीबैंक निर्माण गरेकी छन्। जसले अनुवाद प्रणाली (Machine Translation) सँगै युनिभर्सल डिपेन्डेन्सी (Universal Dependencies) फ्रेमवर्क प्रयोग गरेर गरिएको उहाँको अनुसन्धानले नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा थप मान्यता दिलाउन मद्दत पुर्याउने छ। यसैगरी उहाँको अनुसन्धान कार्यहरू प्रतिष्ठित पत्रिका र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा प्रकाशित र प्रस्तुत भएका छन्।

पहाडका युवाहरूको मार्गदर्शन बन्नसक्ने डा. पुजाले आफ्नो सफलताको श्रेय भुइँक्लासदेखि हालसम्म शिक्षा प्रदान गराउने सम्पुर्ण शिक्षक शिक्षिकासँगै आफ्नो परिवारको साथमा पति डा. सिद्धार्थ राईलाई दिएकी छन भने मेहनत गर्नसक्नेको निम्तिको अवसरहरु प्रसस्तै रहेको उनको तर्क छ। यसका साथै युवाहरूले आफ्नो एक लक्ष्य लिएर अधि बड्नुपर्ने उनी सबैमा सुझाव दिन्छिन। डा. पूजा राईको यस सफलताले पहाडको अपार प्रतिभा र नेपाली भाषाको विश्वव्यापी सम्भावनाको प्रतिनिधित्व गर्दछ भने उहाँको उपलब्धिले आजको युवालाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्न प्रेरणा दिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement