खरसाङ: आगामी २०२५ को उच्चत्तर माध्यमिक परीक्षालाई के कसरी सञ्चालन गर्नुपर्ने भन्ने बारेमा जिल्ला स्तरीय एक सभा खरसाङमा सम्पन्न भएको छ। सम्बन्धी पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदका अध्यक्ष प्रो. चिरञ्जित भट्टचार्यको अध्यक्षतामा स्थानीय सन्त अल्फन्सेस स्कूल खरसाङमा आयोजित सभामा परिषद्को सम्बन्धित सबै शैक्षिक संस्थामा परीक्षा सुचारु रूपमा कसरी सञ्चालन गराउनु पर्ने भन्नेबारेमा विस्तृत रूपमा चर्चा परिचर्चा गरिएको थियो।

डा. मिलन तामाङको स्वागत सम्बोधनसँगै शुरु भएको सभामा विभिन्न विद्यालयका विद्यालय प्रमुख एवं अधिकारीहरूले भाग लिएका थिए जहाँ परीक्षा तालिका, व्यवस्थापन र परीक्षा निर्देशनहरूको पालना सम्बन्धी छलफल गरियो भने परिषद्ले शैक्षिक इमानदारीपूर्वक कायम राख्न निष्पक्ष र सुरक्षित परीक्षा वातावरण सुनिश्चित गर्न जोड दिएको सभापछि डा. तामाङले बताएका छन्।