सिलगढी: केन्द्र सरकारलाई करोडौं रुपियाँ ठगेको आरोपमा सीजीएसटी टोलीले एकजना पान मसाला व्यापारीलाई गिरफ्तार गरेको छ। आरोपीको नाम रञ्जित प्रसाद हो। उनी मूलतः जयगाँवका निवासी हुन् र सिलगढीमा पनि उनको कार्यालय रहेको छ।
प्राप्त जानकारी अनुसार, विगत केही समयदेखि उनले कागजहरूको हेरफेर गरेर केन्द्र सरकारलाई १३करोड ६४लाख रुपियाँ ठगी गरेका थिए। यसबारे सूचना पाएपछि सीजीएसटी टोलीले अनुसन्धान सुरु गरेको थियो र आज रञ्जित प्रसादलाई सिलगढीस्थित उनको कार्यालयबाट गिरफ्तार गरिएको छ। आजै आरोपीलाई सिलगढी अदालतमा पेश गरे , आरोपीलाई न्यायाधीशले जेल हिरासतमा राख्ने आदेश दिएका छन्। स्मरण रहोस, आरोपीले यसअघि २०२२मा पनि केन्द्र सरकारलाई यस्तै प्रकृतिको ठगी गरेका थिए।