डिमडिमा करम पुजा विसर्जन समितिद्वारा पुजा विसर्जन घाटको तयारी

वीरपाडा: मदारीहाट खण्ड अन्तर्गत डिमडिमा नदीमा डिमडिमा करम पुजा विसर्जन समितिद्वारा पुजा विसर्जन घाटको तयारी गरिरहेको छ। आज डिमडिमा खोलामा आदिवासीहरूका महत्वपूर्ण पुजा करम पुजा विसर्जनका निम्ति घाट निर्माण अवधि कमिटीका सम्पुर्ण सदस्यहरूको जमघट भएको थियो। विभिन्न क्षेत्रबाट विशेष व्यक्तित्वहरूको पनि उपस्थित रहेको थियो।
अतिथिहरूद्वारा करम पुजा विसर्जन घाटको तयारीबारे निरीक्षण गरियो। करम पुजा विसर्जन घाटको तयारी साथै त्यहाँ उपस्थित १ सय भन्दा अधिक सदस्यहरूलाई लिएर कमिटीले अन्तिम सभाको सञ्चालन गऱ्यो।
सभामा उपस्थित सम्पूर्णको सहमति पुजा भव्यतासित आयोजन गर्ने विषय लिएर भयो। मञ्च, पसलहरू अनि पार्किङको व्यवस्था कहाँ अनि कस्तो हुनुपर्छ सो चर्चा गरियो।
सबैको सहयोगमा आगामी ६ सितम्बरमा हुने करम पुजा पश्चात भोलिपल्ट करम राजालाई भव्यतासित विसर्जन गर्नुपर्ने विषयमा सबै सहमति रह्यो।
आजको सभामा आदिवासी समुदायबाट समाज सेवी पितर मिन्ज, जेरोम लकडा, हिरालाल मिन्ज, जोय लकडा, मनीता महली, लाल मुर्मु,सुसंनती मुण्डा, कुमार बराइक, खुस्बु लकडा, अमिर महली, अजय लोहर, जोन पल, चन्दन कुजुर आदि लगायत १ सय भन्दा अधिक सदस्यहरूको उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement