पिपल्स फोरमद्वारा खरसाङमा छैंटौं अनुसूचि बुझाउँदै पर्चाहरु वितरण

IMG-20241128-WA0216

गोर्खाल्याण्ड मांगको धरातल बनाई राख्नलाई हाम्रो सुरक्षाको लागि छैंटौं अनुसूचि लागु हुन आवश्यक छ: प्रवीण गुरुङ

खरसाङ: गोर्खाहरुका लागि पहाडमा हालमा छैंटौं अनुसूचि लागु गरिनुपर्छ भन्ने मांगमा ‘गोर्खा आवाज : मेरो मेरो माटो : मेरो जाति भन्दै पिपल्स फोरमले आज खरसाङ बजारमा पर्चा वितरण गर्ने कार्य सम्पन्न गरेका छन्। पिपल्स फोरमका प्रतिनिधिहरु दार्जिलिङबाट आज खरसाङ आएर छैंटौं अनुसूचि के हो र यसको महत्व के छ अनि पहाडमा किन लागु हुनुपर्छ भन्ने कुरालाई बुझाउँदै खरसाङमा पर्चा वितरण गरिएको छ। पिपल्स फोरमका प्रतिनिधिहरु क्रमैले भानु लामा, प्रवीण गुरुङ, निमा ग्याम्छो, सुरज रनपाल आदि उपस्थित रहेर खरसाङमा छैंटौं अनुसूचिको महत्वलाई बुझाउँदै खरसाङ बजारमा पर्चाहरु वितरण गरिएको छ। पिपल्स फोरमले खरसाङ बजारमा छैंटौं अनुसूचिको पर्चा वितरणसितै कतिपय भेटघाट र सर सल्लाहहरु पनि रहेको जानकारी प्राप्त भएको छ। पिपल्स फोरमका प्रतिनिधिहरुले खरसाङ बजारबाट दिलराम र सोनादा हुँदै पर्चा वितरण र भेटघाट गर्दै दार्जिलिङ फर्किने जानकारी प्राप्त भएको छ। उक्त प्रतिनिधिहरुले छैंटौं अनुसूचि नै भारतीय गोर्खाहरुको अमृत हो भनी बताउँदै गोर्खाल्याण्ड पाउनु टाडा रहेको र गोर्खाल्याण्ड नभएसम्म छैंटौं अनुसूचि लागु गरिनुपर्छ भन्ने मांग रहेको बताएका छन्। उक्त छैंटौं अनुसूचिको पर्चा वितरण विषयमा पत्रकारहरुसित खरसाङमा कुराकानी गर्दै निमा ग्याम्छोले वर्तमानमा पहाडमा जस्तो प्रकारको चलखेलको राजनीति र अतिक्रमण भईरहेको छ छैंटौं अनुसूचिको विरोध गरियो त्यसले अहिले कस्तो अवस्था सिर्जना भएको छ त्यसको सबैलाई थाहा छ भन्दै हामीले छैंटौं अनुसूचिको विषयमा जनतालाई सचेत गराउँदै पर्चा वितरण गरिरहेको जानकारी गराएका छन्। उनले आज पिपल्स फोरमको तर्फबाट खरसाङ बजारमा छैंटौं अनुसूचि विषयमा जनतालाई बुझाउँदै पर्चा वितरण साथै भेटघाट कार्यक्रम रहेको जानकारी गराएका छन्‌‌। उनले जनताबाट राम्रो रेस्पोन्स प्राप्त भईरहेको साथै हामी दार्जिलिङ पहाडलाई बचाउन र भावी पिँढीको भविष्यलाई सुरक्षित बनाउन छैंटौं अनुसूचि महत्त्वपूर्ण रहेको बताएका छन्।‌ यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै प्रवीण गुरुङले छैंटौं अनुसूचिलाई लिएर जनतालाई सचेतना गराउन दार्जिलिङ पर्चा वितरण गरिएको र आज खरसाङमा‌ वितरण गरिएको अनि आगामी दिनमा कालेबुङ, मिरिकमा पनि पर्चाहरुको माध्यमले छैंटौं अनुसूचि के हो र किन आवश्यक छ भनेर वितरण गरिने जानकारी गराएका छन्। प्रवीण गुरुङले छैंटौं अनुसूचि विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भने,’हाम्रो अवस्था र लक्ष्य गोर्खाल्याण्ड हो तर गोर्खाल्याण्ड टाडो र साह्रो छ त्यसैले गोर्खाल्याण्ड नभएसम्म छैंटौं अनुसूचि हुनुपर्छ जसले हामीलाई सुरक्षा दिन्छ नत्र हामी सिलगढीमा जस्तै अल्पसंख्यक भएर जानेछौं। गोर्खाल्याण्डको गन्तव्य टाडा छ, समय लाग्छ तर तर हुन्छ। गोर्खाल्याण्ड हुँदा हामी अल्पसंख्यक बन्छौं त्यसैले गोर्खाल्याण्ड मांग्ने धरातल बनाई राख्नलाई साथै गोर्खाल्याण्ड नभएसम्म छैंटौं अनुसूचि लागु हुन एकदमै आवश्यक छ। हाम्रो पहाडमा पनि अबको पाँच वर्षमा दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक नगरपालिका क्षेत्रमा गोर्खाहरु अल्पसंख्यक भएर जाने अवस्था छ। यहाँ व्यापक रुपमा अन्य भाषीहरुको अतिक्रमण ज्यादा भईरहेको छ। हाम्रो भाषा साहित्य संस्कृतिमा‌ अतिक्रमण र जातिमा विभाजन गरिने विभिन्न षडयन्त्रहरु भईरहेछ। कारण हाम्रोमा एकता छैन‌ हाम्रोमा‌ एकता नभएकोले नै अनेक अदृश्य शक्तिहरुले दमननीति अपनाईएको छ। हामी अब अल्पसंख्यक भएर जान लागेका छौं अनि यसलाई रोक्न सक्ने भनेको केवल छैंटौं अनुसूचि मात्र हो‌। हामीले छैंटौं अनुसूचिले मात्र सुरक्षा दिन्छ।’
प्रवीण गुरुङले अघि भने,’पहाडको सबै नेतृत्वहरु र जनतालाई थाहा छ छैंटौं अनुसूचिले‌ मात्र हामीलाई सुरक्षा दिन्छ भनेर।‌ संवैधानिक रुपमा पाएको र सुवास घिसिङले हस्ताक्षर गरिराखेको छैंटौं अनुसूचिको बीललाई केन्द्र सरकारको इच्छा भए पास गर्नसक्छ। हामी जात जातमा छुट्टिएर बस्नुभन्दा एक भएर बसेको राम्रो हो।’
उनले अझ भने,’ छैंटौं अनुसूचि विषयमा सबैलाई थाहा छ र हामीले छैंटौं अनुसूचि विषयमा जनतालाई झक झकाउने कार्य मात्र गरेको हौं। अहिले पहाडमा सही नेतृत्वको कमी देखिएको छ। नेतृत्वहरु कोही राज्यको र कोही केन्द्रको छात्रछाँत्रा छन्। त्यसैले हामी हाम्रो सुरक्षाको‌ लागि छैंटौं अनुसूचिको मांमा अघि आएका छौं।’
प्रवीण गुरुङले एक प्रश्नको जवाफमा गोरामुमोले छैंटौं अनुसूचिको मुद्दा छोडेपछि पूर्व पार्षद भानुे लामाको अगुवाईमा यसलाई लागु गराउन पहल गरिरहेछौं। हामीले हाम्रै मानिसलाई प्रथममा बुझाउन पहल गरेका छौं।’
गुरुङले हालमा जीटीए प्रमुख अनित थापाले जीटीएलाई बढाउने र शक्तिशाली बनाउने कुरा गरिरहेको बताउँदै अनित थापाले छैंटौं अनुसूचिलाई नै जीटीएमा पारित गरेर पठाए राम्रो हुने बताएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement