सिलगढी: ग्राहक सेवा केन्द्र (सीएसपी) को आडमा ट्याब घोटालामा संलग्न भएको आरोपमा मालदाको वैष्णव नगरबाट पुलिसले एक पछि अर्को अपराधीहरूलाई पक्राउ गरिरहेको छ। सिलगढीमा ४० विद्यार्थीको ट्याब मनी हराएको विषयमा अनुसन्धान जारी छ, अहिले सिलगढी साइबर क्राइम पुलिसले माल्दा वैष्णवनगर थानाबाट मनोज चौधरी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार पक्राउ परेका व्यक्ति मालदा जिल्लाको वैष्णव नगरमा सीएसपी चलाउने गर्थे। उनी त्यो सीएसपी कभर ट्याब घोटालामा संलग्न रहेको आरोप छ। यो व्यक्तिले सिलगढीका ४० विद्यार्थीको ट्याबको पैसा हिनामिनामा महत्वपूर्ण भूमिका खेलेको आरोप छ। साइबर क्राइम टोलीले उनलाई गएराति मालदा वैष्णवनगरबाट पक्राउ गरेको हो। पक्राउ परेका मनोज चौधरीलाई आज सिलगढी अदालतमा पेश गरियो।










