एकै रात ६ वटा दोकानमा चोरीको प्रयास पछि व्यवसायीहरू असुरक्षित बन्दै

IMG-20241128-WA0229

राजगञ्ज: राजगञ्जको फाटापुकुरमा एकै रात ६ वटा दोकानमा चोरीको प्रयास गरिएको घटना बाहिर आएको छ। यो घटना बुधबार रातिको हो। आज ज़ब व्यवसायीहरू फाटापुकुर मोडमा आफ्ना दोकान खोल्न पुग्दा उनीहरूले दोकानमा चोरी गर्ने प्रयास गरिएको थाहा पाए। चोरहरूले ताला फोडी दोकानमा पसेर नगद राख्ने दराज खानतलाश गरे। तर, केही पनि नपाएपछि चोर रितो हात फर्किंए। तर चोरहरूले एउटा मिठाई दोकानको ग्रील भत्काएर सीसीटीभीको हार्ड डिस्क चोरेर लगेको छ।

यसको अतिरिक्त क्यास बॉक्सबाट केही नगद चोरी गरेको छ। यसका अतिरिक्त चोरहरूले अन्य दोकानहरू फोडेर चोरी गर्ने प्रयास गरेका थिए। यस घटनाको जानकारी स्थानीय ब्यबसायीहरुले राजगञ्ज पुलिस थानालाई दिएका छन्। सो घटनाको आधारमा पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement