अशोक खपाङ्गी कृत मंगर ढुट मंगर भाषा पुस्तककाे लोकार्पण

वीरपाडा: आज लङ्कापाडा सुकुन्टी लाइन नेपाली प्राथमिक पाठशालाको प्रेक्षागृहमा मंगर भाषाविद् अशोककुमार थापा खपाङ्गी कृत मंगर ढुट तेस्रो संस्करण – को विशेष समारोह बिच लोकार्पण कार्यक्रम सम्पन्न भयो। प्रकाशक भावना थापा खपाङ्गीकाे आयोजनामा सम्पन्न यस कार्यक्रमको अध्यक्षता मुकेश थापाले गरेका थिए भने विनोद मोक्तान मुख्य अतिथि साथै गोरे मगर, देउराज मगर, कैलाश खपाङ्गी, साजन थापा, भावना थापा खपाङ्गीको विशिष्ट अतिथिमा लोकार्पण कार्यक्रम सम्पन्न भयो। अतिथिहरूको बाहुलीबाट मगर भाषा कृत मगर ढुट तेस्रो संस्करणको विधिवत विमोचन गरियो। कार्यक्रम अध्यक्ष मुकेश थापाले आफ्नो सम्बोधनको क्रममा मगर भाषाविद् अशोक खपाङ्गीले समग्र मगर जातिलाई साहित्यिक, भाषिक, सांस्कृतिक क्षेत्रमा उर्वर बनाइरहेकोमा खुशी व्यक्त गरे।

About Author

Advertisement