खरसाङ: खरसाङ नगरपालिकाद्वारा आज खरसाङको बिहिवारे हाटमा स्थानीय र बाहिरबाट आएका दोकानेहरुलाई दोकानहरु राख्नलाई अस्थायी रुपमा ठाउँ दिइएको छ। केही समयदेखि खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध तरिकाले फुटपाथतिर राखिएको दोकानहरु र मानिसहरु हिँड्ने बाटोतिर राखिएको दोकानहरु हटाउने कार्य गर्दै आईरहेका थिए भने आज बिहीबारे हाटदेखि भने व्यापारीहरुलाई दोकानहरु राख्नलाई अस्थायी रुपमा ठाउँ दिइएको छ। तर जतिजनाले पनि दोकानहरु राखेका छन् सबैको आधार कार्डहरु संकलन गरेर राखिएको जानकारी प्राप्त भएको छ।यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध तरिकाले फुटपाथतिर राखिएको दोकानहरु हटाउने कार्य गर्दै आइरहेको थियो तर हाम्रो उद्देश्य हटाउनु मात्र होइन तर जनता हिँड्ने बाटो सुविधायुक्त बनाउनु खोजेको साथै व्यवसाय गर्नेहरुलाई ठाउँ दिने र व्यवस्थित गर्नु पनि हो भनी बताएका छन्। उनले स्थानीयहरु र बाहिरबाट आएका दोकानेहरुलाई नगरपालिकाद्वारा अस्थायी रुपमा ठाउँ दिएको र जीटीएले पनि खरसाङको हाट बजार क्षेत्रमा सपिङ मल बनाईरहेका र त्यहाँ व्यवस्थित तरिकाले राखिने र त्यो नबनिएसम्म अस्थायी रुपमा राखिएको बताएका छन्। उनले जसले पनि आएर यहाँ व्यवसाय गर्न सक्छ तर जनतालाई असुविधा नहोस् साथै कुनै अप्रिय घटना नघटोस् भनेर सबैको आधार कार्डहरु संकलन गरेर राख्ने कार्य गरिएको बताएका छन्।