धुबड़ी(असम): लासीपारा नजिकै रहेको रानीगंज बजारमा भएको गोलीकाण्डको सिलसिलामा पुलिसले दुईजना युवकहरूलाई गिरफ्तार गरेको छ। यी दुईले गत मंगलवार राती एक ब्यांक ग्राहक सेवा केन्द्रमा तीनजना मानिसमाथि गोली प्रहार गरि सुइँकुच्चा ठोकेका थिए।
धुबड़ी जिल्लाका पुलिस अधीक्षक नवीन सिंहले बिहीवार सो घटनाबारे जानकारी दिदै गोलीकाण्डको सिलसिलामा बेलतली निवासी नूर इस्लाम र चापरको शालकोचर निवासी अख्तर उपनाम अब्बासलाई गिरफ्तार गरिएको बताए। उनले दुवै युवकबाट एउटा म्याग्जिन बरामद गरिएको छ। सो घटनामा प्रयोग गरिएको मोटरसाइकललाई क्षेत्रकै लखीगञ्जको शुक्लाटारीबाट नियन्त्रणमा लिएएको छ।