इम्फाल(मणिपुर): पुलिसले १३५ ग्राम हेरोइन बरामद गरेको छ। पक्राउ पर्ने कारोवारी चालकको साथबाट एउटा कार र मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।
पुलिसले बिहीवार सो घटनाको जानकारी दिदै, पलेल चंदेल रोडमा जाँचका क्रममा एउटा चार चक्के वाहनलाई रोकियो।
उक्त वाहनभित्र एघारवटा साबुनदानीमा लुकाएर राखिएको १३५ ग्राम संंदिग्ध हेरोइन बरामद गरियो। पुलिसले कार चालक मोहम्मद रौशन (२४)- लाई पक्राउ गरेर कार र उसग रहेको एउटा मोबाइललाई पनि जफ्त गरे। यस घटनालाई लिएर कानूनी प्रक्रिया शुरू गरिएको छ।