नयॉं दिल्ली: राष्ट्रिय जॉंच एजेन्सी (एनआईए) ले मानव बेच बिखन विरुद्ध कारबाही गर्दै बिहिवार ६ राज्यका २२स्थानमा छापा मारेको छ। उक्त कारबाही बिहार, उत्तर प्रदेश र दिल्लीसहित अन्य विभिन्न स्थानहरूमा बिहानदेखि शुरू भएको थियो।
यस क्रममा स्थानीय पुलिस बलहरूसॅंग समन्वय गरेर खोजी अभियान चलाएको छ।
अधिकारीहरूका अनुसार, खोजी अभियान अवधिमा संगठित तस्करी नेटवर्कसित सम्बन्धित व्यक्तिहरू र संगठनहरूमाथि ध्यान केन्द्रित गरिएको छ। एनआईएले विशेष गुप्त सूचनाहरूको आधारमा अपरेशन शुरू गरेको थियो। यो अभियान एक अन्तर्राष्ट्रिय मानव बेच बिखन समूहको जॉंचको हिस्सा हो, जसमा विदेशी संलग्नताको आशंका छ।
सूत्रहरू अनुसार, बिहारको गोपालगंज जिल्लाका धेरै मानिसहरूलाई विदेशमा नोकरी दिलाउने बहाना गर्दै फर्जी कल सेन्टरहरूमा लगिन्छन, जहॉं उनीहरूलाई साइबर ठगी धन्धाहरूमा काम गर्न बाध्य बनाइन्छ। एनआईएलाई उक्त ऱ्याकेट म्यानमार र लाओससॅंग सम्पर्क हुन सक्ने सन्देह छ।
यस अघि ५अक्टोबरमा एनआईएले आतङ्कवादी गतिविधि र फण्डिङको क्रममा पॉंच राज्यमा यसरी नै छापा मारेको थियो। यी अभियानहरूमा महाराष्ट्र, जम्मू र कश्मीर, उत्तर प्रदेश, असम र दिल्लीका स्थानहरूलाई निशाना बनाइएको थियो।
एनआईएले सुरक्षा बलहरूको मद्दतमा बारामूला र जम्मू कश्मीरका अन्य क्षेत्रहरूमा पनि खोजी अभियान चलाएको छ। यस अतिरिक्त, अक्टोबरमा एनआईएले दक्षिण २४ परगना, आसनसोल, हावडा, नादिया र कोलकातासहित पश्चिम बंगालका विभिन्न जिल्लाहरूमा छापा मारेको थियो।