रोड रोलर चोरी गर्ने नौ जना पक्राउ

IMG-20241104-WA0112

गुवाहाटी(असम): गुवाहाटीको फटासिल आमबारी पुलिसले रोड रोलर चोरीको आरोपमा नौ जना चोरहरूलाई पक्राउ गरेको छ। सो जानकारी पुलिसले बिहीवार गराए।
फटासिल आमबारी थानाको डब्ल्यूजीपीडी टीमले बीरूबारी तिनिआली क्षेत्रबाट रोड रोलरको चोरीको रिपोर्टमाथि कारबाही गर्दै नौजना पेशेवर चोरहरूको गिरोहको पर्दाफास गरिएको छ।सो घटनामा पक्राउ पर्ने चोरहरूको पहिचान अमिनगाउँका पुजारी यादव, मोहम्मद जब्बार अली, सोनापुरका देवकी नन्दन दयामा, पटाचारकुचीका भगवान तालुकदार, हाजोका मो.. अन्सार अली, कलाईगाउँका प्रवीण डेका, दरंगका जितु बरुवा, बिहारको वैशालीका छोटु कुमार र बाईहाटा चारालीका मोहम्मद समसुल अलीको रूपमा गरिएको छ।
यी सबै चोरहरूमाथि तीनवटा रोड रोलर चोरी गरेको आरोप छ। पहिलो भरलूमुख, दोस्रो बीरूबाड़ी र तेस्रो बी बरुवा क्यान्सर अस्पताल नजिकबाट चोरी भएको थियो।
यस गिरोहले गत २१ अक्टोबरमा चोरी गर्नु अघि पहिलो रोलरलाई एलपी ट्रकमा लोड गर्नको लागि दुईवटा हाइड्रा प्रयोग गरेको थियो। पक्राउ पर्ने सबै आरोपीहरू यसअघि पनि केही चोरीका घटनाहरूमा संलग्न रहेको बताइएको छ। यिनीहरूले वाहन चोरी गरेपछि काटेर फलाम फ्याक्ट्रीमा बेच्ने गर्दथे।
पुलिसका अनुसार मेघालयको बर्नीहाट क्षेत्रस्थित सत्यम मेगा डम्पिंगमा पक्राउ पर्नेे गिरोहका सदस्यहरूले दुईवटा रोड रोलरलाई काटेर बेचे, त्यसलाई अन्य फलाम फ्याक्ट्रीमा बेचेका थिए। चोरहरूबाट एउटा रोड रोलर बरामत गरिएको छ। पुलिसले यस सम्बन्धमा दर्ता प्राथमिकीको आधारमा घटनाको जाँच गरिरहेको छ।

About Author

Advertisement