भारत-रूस बीच सैन्य सहयोगमाथि चौथो बैठक मस्कोमा सम्पन्न

n64115859917327914583363098e4add3f570084d7eab5c673a3d476ae1e43c209a70b50fe81c0ca9858668

नयॉं दिल्ली: सैन्य र सैन्य-तकनीकी सहयोगसित सम्बन्धित भारत-रूस अन्तर सरकारी सहयोग (आईआरआईजीसी-एमएण्डएमटीसी) अन्तर्गत सैन्य सहयोगमाथि कार्य समूहको चौथो बैठक रूसको मस्कोमा सम्पन्न भएको छ।
सो बैठक दुवै देशबीच दीर्घकालिक रणनीतिक साझेदारीलाई निरन्तरता दिनमा अत्यन्त महत्वपूर्ण साबित भएको छ। यो कार्य समूह भारत र रूस रक्षा सहयोगको निम्ति एक महत्वपूर्ण मंच हो, जसले नविन सुरक्षा चुनौतीहरूलाई सम्बोधित गर्नका लागि सहयोगको नयॉं क्षेत्रहरूको पहिचान गर्दछ।
रक्षा मन्त्रालय अनुसार, बैठकको सह अध्यक्षता भारतको प्रतिनिधित्व गरिरहेका एकीकृत रक्षा स्टाफका प्रमुख लेफ्टिनेन्ट जनरल जेपी म्याथ्यू र रूसी सशस्त्र बलका जनरल स्टाफको मुख्य परिचालन निदेशनालयका उप प्रमुख लेफ्टिनेन्ट जनरल डाइलेव्स्की इगोर निकोलाविचले गरेका थिए।
कार्य समूहले रणनीतिक हितका क्षेत्रहरूमा निरन्तर रूपमा ज्ञान साझिकरण र सहयोगको महत्वमाथि जोड़ दिइएको छ। दुवै सेनाबीच परिचालन र तालमेललाई अझ बलियो बनाउन संयुक्त अभ्यासहरूलाई विस्तार गर्न सहमति गरिएको छ।
मन्त्रालयले एक बिज्ञप्तिमा जारी गर्दै मा दुवै देशले सतह, हवा र समुद्र क्षेत्रहरूमा धेरै संयुक्त अभियान गरेको छ। इन्द्र, एविया इन्द्र र इन्द्र नेवी जस्ता अभ्यासहरूले सर्वोत्तम कार्यहरू साझा गर्ने, संयुक्त रणनीति अभ्यास र प्रक्रियाहरूमा सुधार ल्याउने र आपसी समझदारीलाई गहिरो बनाउन महत्वपूर्ण मंचको रूपमा काम गरेको जनाएको छ।
भारत र रूस साझेदारीसित जोडिएको दुईवटा घोषणापत्रमाथि पनि २०००मा हस्ताक्षर गरिएको थियो, जसलाई वर्ष २०१०मा विशेष र विशेषाधिकार प्राप्त सामरिक साझेदारीको स्तरसम्म बढाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement