धुबड़ी(असम): धुबड़ी जिल्लाको गोलकगञ्जबाट ड्रग्ससहित एकजना ड्रग्स तस्करलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले बिहीवार गुप्त सूचनाको आधारमा गोलकगञ्जको विसनदौ बाघमारा बजारमा चलाइएको एक अभियान मार्फत अजिमुल हक नामक एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ।
सनी नामक अन्य एक तस्कर भने घटनास्थलबाट भाग्न सफल भयो। पक्राउ पर्ने आरोपीबाट पुलिसले प्लास्टिका दुईवटा स-साना थैलोमा भरेर राखिएको ब्राउन सुगर, एउटा मोटर साइकल (एएस-१९पी-०२१४) बरामत गरेको छ। आरोपी हालाकुड़ा विद्याबाड़ी पंचम खण्डको बासिन्दा रहेको बताइएको छ। पुलिसले यस घटनाको प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको छ।