विराटनगर: कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख रुपैयाँ बेरुजू देखिएको छ।
स्वास्थ्य मन्त्रीकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजू भएको जानकारी दिएका हुन्। यो बेरुजू बढ्दो क्रममा छ।
गत आर्थिक वर्षमा मात्रै मन्त्रालमा १२ करोड ५ लाख बेरुजू देखिएको थियो। अघिल्लो वर्ष २०२२–२०२३ मा ११ करोड २७ लाख रुपैयाँ बेरुजू देखिएको थियो।
मन्त्री राईका अनुसार ३ करोड ५ लाख एक हजार ३२८ रुपैयाँ असुल गर्नुपर्ने बेरुजू हो।
नियमित गर्नुपर्ने बेरुजू ३७ करोड ६२ लाख ७८ हजार रुपैयाँ छ।पेस्की बेरुजू भने ७१ लाख ३३ हजार रुपैयाँ छ ।मन्त्री राईले मन्त्रालयको बेरुजू कम गर्नका लागि प्रयास भइरहेको जानकारी दिए।