काठमाण्डू: कम्बोडियामा आयोजित मिस प्लानेट प्रतियोगितामा नेपालकी सुन्दरी अनिषा पराजुलीले ‘मिस ह्युमानिटी’को टाइटल जितेकी छन्। मिस प्लानेटको चौंथो संस्करणमा यूएईले उपाधि जित्दा नेपालले पहिलोपटक कुनै पनि विधामा जित हासिल गरेको हो। वीर नर्सिङ क्यान्पसमा मास्टर्स अध्ययनरत अनिशा मनोचिकित्सक नर्स हुन्। केही समयअघि काठमाण्डूमा भएको नर्सहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ मा उनी फर्स्ट रनअरअप बनेकी थिइन्।