धर्मतलाबाट ठूलो परिमाणमा जाली नोट बरामत

IMG-20240717-WA0003

कोलकाता: कोलकाताको धर्मतला बस स्ट्याण्डबाट बिहीवार बिहान पुलिसको विशेष टास्क फोर्स (एसटीएफ)- ले कारबाही गर्दै लगभग तीन लाख रुपियाँको जाली नोट जफ्त गरेको छ।
यी जाली नोटहरू बंगलादेशदेखि तस्करी गरेर ल्याइएको र यसलाई भारतमा वितरण गर्ने योजना रहेको पुलिसले प्राथमिक जॉचपछि बताए।
जाँच अधिकारीहरूले वर्तमान बंगलादेशमा हिन्दू समुदायविरूद्ध हिंसा र अराजकता फैलिएको कारण सीमान्त क्षेत्रहरूमा तस्करीका गतिविधिहरू तीव्र गतिमा भइरहेका छन्। तस्करहरूले यस मौकाको फाइदा उठाएर जाली नोटहरूलाई भारतीय बजारमा चलाउने प्रयास गरिरहेको छ। एसटीएफले जाली नोटहरूको स्रोत र तस्करीमा संलग्न गिरोहको पत्ता लगाउनको लागि जाँचलाई तीव्रता दिएको बताए।
पुलिसका एकजना अधिकारीका अनुसार बंगलादेशबाट जाली नोटहरू भित्रनु कुनै नयाँ कुरा होइन। तर हालको अराजक परिस्थितिले यसलाई अझ प्रेरित गरेको छ। विशेष गरेर यस्तो अवस्थामा जतिबेला बंगालदेशका केही भूभागहरूमा हिन्दू समुदायमाथि आक्रमण भएको समाचार आइरहेको छ। तस्करहरूले यस्तो स्थितिको फाइदा लिई सीमामा सक्रिय भइरहेका छन्।
एसटीएफको भनाइ छ,जफ्त गरिएका नोटहरूको गुणस्तर उच्च स्तरको छ जसबाट स्पष्ट हुन्छ कि यसलाई परिस्कृत रूपमा तयार पारिएको छ। यस घटनापछि सो क्षेत्रमा सुरक्षा कड़ा बनाइएको छ। सीमामा अतिरिक्त सतर्कता अप्नाउन समेत निर्देश दिइएको छ।
एसटीएफले यस मामिलामा सामेल अन्य संदिग्धहरूको खोजी शुरू गरेको छ। आशा छ चाँड़ै नै यस नेटवर्कका प्रमुखहरूसम्म पुग्न सकिनेछ। अधिकारीहरूले स्थानीय मानिसहरूसित सतर्क रहने अनि कुनै संदिग्ध गतिविधिको सूचना तत्काल पुलिसलाई दिने अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement