कामरूप(असम): कामरूप (ग्रामीण) जिल्लाको रंगियामा जन्ती लिएर हिड़ेको एउटा कार दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छःजना जन्तीहरू घाइते भएका छन। घाइतेहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको पुलिसले बिहिबार जानकारी गराए।पुलिसले भने गए राती रंगियामा राष्ट्रिय राजमार्ग-२७ को बरलिया नदीमा निर्मित पुलमा जन्ती सवार द्रूत गतिमा रहेकोले दुर्घटना हुन पुग्यो कारमा सवार छःजना जन्ति घाइते भएका छन।
सबै घाइतेहरूलाई उपचारको निम्ति रंगियाको एक निजी अस्पतालमा भर्ती गरिएको छ। यस सड़क दुर्घटनामा बेहुलीका पिता जोगेन दास र कार चालक गम्भीर रूपले घाइते भएका छन्। बरपेटा जिल्लाको सरभोगबाट कुशल दासको जन्ती लिएर बोकोतर्फ गइरहेको थियो। यसै अवधि यो दुर्घटना भएको हो। बेहुला कुशल दास अन्य वाहनमा सवार थिए। पुलिसले यस घटनाको प्राथमिकी दर्ता गरी जाँच गरिरहेको छ।










