नयॉं दिल्ली: केरलाको वायनाड संसदीय क्षेत्रबाट उपचुनाव जितेकी कांग्रेस महासचिव प्रियंका गॉंधी वाड्राले आज लोकसभा सदस्यको शपत ग्रहण गरिन्। शपत लिएपछि प्रियंका गॉंधीलाई राहुल गॉंधीले बधाई दिए।
लोकसभाको कार्यवाही शुरू हुनसाथ प्रियंका गॉंधी र नांदेड़ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र चव्हाणले शपत लिए।
प्रियंकाले हिन्दी र रविन्द्रले मराठी भाषामा शपत लिएका थिए। उनीहरूको शपत ग्रहणपछि संसदमा प्रश्नकाल शुरू हुनसाथ विपक्षले सम्भल र अडाणीको मुद्दामा हंगामा गर्न शुरू गरे। यसपछि सदनको कार्यवाही अपराह्न १२ बजीसम्मको निम्ति स्थगित गरिएको थियो।