अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ
बिर्तामोड़: कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ।
अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा गए राति ९ः४५ बजे दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेका छन्। उनहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। यसअघि मंगलवार कनकाई-३ टप्पुमा लैनो गाईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।
एक महिनाअघि दमकमा पनि गोठबाट गाई चोरेर हत्या गरिएको थियो। पछिल्लो समय झापामा गौहत्याका घटना बढिरहेको छ।










