कालिगण्डकीमा र्‍याफ्टिङ गर्ने पर्यटक यस वर्षकै उच्च, चिसो बढ़ेपछि बन्द

IMG-20241128-WA0110

पोखरा: चिसो बढेसँगै कालिगण्डकी नदीमा सञ्चालित (र्याफ्टिङ) जलयात्रा बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै सेप्टेम्बर मध्यदेखि सुरु भएको र्याफ्टिङ आइतबारदेखि बन्द गरिएको छ। आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको सिजनमा र्याफ्टिङ बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका संचालक होम पुनले जानकारी दिए। पहिलो सिजन सेप्टेम्वर मध्येदेखि नोभेम्वर अन्तिम सातासम्म संचालन गरिएको हो। विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेका कारणले यस वर्ष दुई साता ढिलोसम्म र्याफ्टिङ सञ्चालन गरिएको पुनले बताए। नदिमा पानी अत्याधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को सिजनको जलयात्रा (र्याफ्टिङ) सुरु हुने उनको भनाइ छ।छोटो र पारिवारिक जलयात्राका लागि कालिगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक कोभिड संक्रमणपछिकै यस वर्ष उच्च रहेको सलोम र्याफ्टिङ ट्रेक एण्ड एक्सपेन्डिसनका सञ्चालक देव रेग्मी बताउछन। उनका अनुसार लामो, समथर र कम बहाब भएकाले पनि विदेशी नागरिक अन्य नदीमा भन्दा कालिगण्डकीलाई नै रोज्ने गर्दछन्।र्याफ्टिङका लागि कालिगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको समेतको आकर्षण बढ्दै गएको उनको भनाई छ। कालिगण्डकी नदीमा यस वर्ष तीन हजारभन्दा बढिले जलयात्रा गरेको रेग्मीले बताए। दैनिक दुई/तीन समूहमा पर्यटक आउने गर्दछन्। अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन कोभिडपछिको यस वर्ष उच्च रहेको हो।यो नदीलाई रोजेर पर्यटक बढी नै आउने गरेका छन्। यति बेला कालिगण्डकी र्याफ्टिङको पहिलो गन्तब्य बन्दै गएको छ। पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालिगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको पोखरेली व्यवसायीहरु बताउछन्। पर्वतको कुश्मा नगरपालिका१ पाङ स्थित नयाँपुल र कुश्मा नगरपालिका५ गोपाङ्गघाट देखिबाट सुरु हुने र्याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालिगण्डकी ए जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ।तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ। कालिगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्। यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे्रलिया, रसियन, युरोपियन देशहरु र अमेरिकी पर्यटकको रोजाइमा पनि कालिगण्डकी नदी पर्दै आएको छ। विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटक नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन्।कालिगण्डकीको जलयात्रा विश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरूको भनाइ छ। अमेरिका र अष्ट्रेलिया लगायतका नदीमा हुने जलयात्राभन्दा कालिगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकको आकर्षण बन्न पुगेको हो। कालिगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक प्रभावित हुने पर्यटन व्यवसायी बताउँछन्। कालिगण्डकीमा जलयात्राका लागि गन्तव्य स्थल बनाउनका लागि केही पूर्वाधारको व्यवस्था गर्न समेत पर्यटन व्यवसायीको आग्रह छ।पर्यटकले नयाँपुल मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटक यात्रा तय गर्ने गरेका छन्। यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुंगा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नविन केसीले बताउछन्।कालिगण्डकी नदीको दोहनसँगै पछिल्लो समय विभिन्न ठाउँमा डुंगा सयरमा समस्या आउने गरेको छ। पर्वततर्फ निर्माण गरिएको कालिगण्डकी लोकमार्ग र बागलुङगुल्मीतर्फको कालिगण्डकी करिडोरबाट खसेका ढुंगामाटोले पनि नदी साँघुरिँदै गएकाले पहिले जस्तो सहज नरहेको पर्यटन व्यावसायीहरुको गुनासो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement