क्राइस्टचर्च: हालै सम्पन्न आईपीएल २०२५-को मेगा लिलामीबाट बाहिर रहने ईंग्ल्याण्ड टेस्ट टीमका कप्तान बेन स्टोक्सले आफ्नो अन्तर्राष्ट्रिय करियरलाई ध्यानमा राखेर अनि एशेज जस्तो महत्त्वपूर्ण प्रतियोगिताहरूमा ध्यान केन्द्रित गर्न यस्तो फसेला लिएको खुलासा गरेका छन्। स्टोक्सले अब भविष्यको मिनी लिलामीमा पनि हिस्सा लिन सक्नेछैनन् कारण यस लीगको नयाँ नियमहरू अनुसार मेगा लिलामीको निम्ति पञ्जीकरण नगराउने खेलाड़ीहरूले मिनी लिलामीमा पनि हिस्सा लिन सक्नेछैनन्। हालै सऊदी अरबको जेद्दामा भएको मेगा लिलामीमा ईंग्ल्याण्डका जम्मा ५२ जना खेलाड़ी बिक्री भएका थिए। न्यूजील्याण्डविरुद्ध बिहीवारदेखि शुरु हुने पहिलो टेस्ट म्याच अघि स्टोक्सले भने, म आफ्नो करियरको अन्तिम चरणमा रहेको छु अनि यो कुरा सबैलाई थाहा छ। अब मैले आफ्नो हरेक कदम सोचेर उठाउनु पर्नेछ। अहिले धेरै क्रिकेट रहेको छ अनि म ईंग्ल्याण्डको तर्फबाट खेल्न जारी राख्न चाहन्छु। यी सब कुराहरूलाई सोचेर मैले आईपीएलबाट टाढा रहने फसेला गरे। मैले धेरै सोचेर नै यस्तो फसेला लिएको छु अनि यसले फाइदा नै हुने मलाई विश्वास छ।