सरकारमाथि प्रतिशोधात्मक कदमको आरोप लगाए बजरंग पूनियाले

IMG-20241127-WA0287

नयाँ दिल्ली: राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-द्वारा ४ सालको निम्ति निलम्बित ओलम्पिक पदक विजेता भारतीय पहलवान बजरंग पूनियाले बुधवार यसलाई सरकारको प्रतिशोधात्मक कदम बताए। यसको साथमा उनले भाजपामा सामेल भएको भए यो प्रतिबन्ध हटाइने थियो भन्ने पनि दावी गरे। नाडाले बताएअनुसार, बजरंगले १० मार्चमा राष्ट्रिय टीमको निम्ति चयन ट्रायलको अवधि नमूना दिन अस्वीकार गरेर नियमहरूको उल्लंघन गरेका थिए। नाडाले पहिला टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता पहलवानलाई यस उल्लंघनको निम्ति २३ अप्रेलमा निलम्बित गरेको थियो। त्यसपछि खेलको वैश्विक सञ्चालन संस्था यूडब्ल्यूडब्ल्यू-ले पनि उनलाई निलम्बित गरेको थियो। बजरंगले भने, यो अचम्भको कुरा होइन कारण ट्रायलको यो मामिलामा गत एक सालदेखि चलिरहेको छ। मैले नाडालाई नमूना दिन अस्वीकार गरेको थिइनँ अनि यो कुरा मैले पहिला पनि भनिसकेको छु। उनीहरू डोप जाँचको निम्ति मेरो घर आउँदा (दिसम्बर २०२३) एउटा ‘एक्सपायर किट’ लिएर आएका थिए। बजरंग र ओलम्पियन विनेश फोगाट यस सालको शुरुवातमा कंग्रेसमा सामेल भएका थिए। बजरंगले भने, कुनै पनि खेलाड़ीलाई एक्सपायर (तारिख समाप्त भएको) भएको किट दिनु हुँदैन। नमूना लिन आउँदा उनीहरूले २०२०, २०२१ र २०२२-मै एक्सपायर भएको किट लिएर आएका थिए। मैले त मूत्र नमूना दिएको पनि थिएँ तर मेरो टीमले किट एक्सपायर रहेको थाहा पाए। त्यसपछि हामीले किटको भीडियो बनाएर नाडालाई ईमेल गरेका थियौं तर उनीहरूले आफ्नो गल्ती स्वीकार गरेनन्। पहलवानले आरोप लगाएअनुसार, सरकार भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का पूर्व अध्यक्ष तथा भाजपा नेता बृज भूषण शरण सिंहविरुद्ध लामो समयसम्म चलेको धरना प्रदर्शनमा सामेल रहेकोमा उनीसँग बद्‌ला लिन चाहन्छ। बजरंगले भने, सरकारले महिला पहलवानहरूका समर्थनमा हामीले गरेको विरोध प्रदर्शनको बदला लिने कोशिश गरिरहेको छ कारण सबै एजेन्सीहरू सरकारको अधिकार क्षेत्रमा आउँछ। अहिले सरकार हाम्रो मनोबल तोड्ने र हामीलाई झुक्न वाध्य गर्ने प्रयासमा जुटेको छ। म भाजपामा सामेल भए सबै प्रतिबन्ध हटाइनेछ अनि म यो दावी गर्न सक्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement