मोरंग: उर्लाबारी ४ स्थित आइतबारे चौकमा बुधबार बिहान प्लाइउड लोड गरेhकोे पिकअप भ्यान अनियन्त्रित भई राजमार्गमै पल्टिएको छ।
प्लाइउड लोड गरेको को १ च ९६५५ नम्बरको पिकअप भयान एक मोटरसाईकललाई संभाबित ठक्करबाट जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको हो।
सो घटनाबाट कुनै मानविय क्षती हुन नपाएको उर्लाबारी प्रहरीले जनाएको छ। भ्यानका चालक सकुशल रहेको बताईएको छ।
यता भ्यान पल्टिएपछि पिकअप र प्लाइउडमा क्षती पुगेको बताईएको छ।