एनसीसीका महानिर्देशक लेफ्टिनेन्ट जनरल गुरबीरपाल सिंहकाे राज्यपालसॅंग शिष्टाचार भेट

n64105033217327293416625309f5f149d314f6e5a0e1a50ece87057dea8cb74a1db6577c41e72a1be41676

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज राष्ट्रिय क्याडेट कोर (एनसीसी) का महानिर्देशक लेफ्टिनेन्ट जनरल गुरबीरपाल सिंह, (एवीएसएम, वीएसएम) ले शिष्टाचार भेट गरेका छन्।
सो भेटको क्रममा महानिर्देशक, एनसीसीले राष्ट्र र सिक्किम राज्यमा एनसीसीको स्थितिमाथि विस्तारपूर्वक छलफल गरेका छन। उक्त जानकारी राजभवनले आज प्रेस विज्ञप्तिमार्फ़त दिएको हो।
सो भेटका क्रममा राज्यपालले भने, सिक्किम एक सीमावर्ती राज्य भएकाले यहॉं एनसीसीको विस्तार अनिवार्य छ। उनले राज्यमा एनसीसीको वर्तमान स्थिति, स्टाइपेन्डको बारेमा जानकारी लिएका छन। उनले युवाहरूमा एनसीसीप्रति अझ धेरै रूची बढाउन र युवाहरूलाई एनसीसीमा भाग लिनको निम्ति प्रेरित गर्ने उपायहरूमाथि पनि विचार विमर्श गरे।
राज्यपालले भने, एनसीसी युवाहरूको समग्र विकासको निम्ति उत्कृष्ट मञ्च हो। यसको विस्तारले अनुशासन र नेतृत्व कौशल प्रदान गर्नुका साथै रा​ष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई सशक्त बनाउने छ। उनले राज्यका युवाहरूलाई एनसीसीमा भाग लिन अपील गर्दै एनसीसी युवाहरूको व्यक्तिगत र सामाजिक विकासको निम्ति अत्यन्त लाभकारी रहेको बताए।
भेटमा लेफ्टिनेन्ट जनरलले राज्यमा एनसीसीलाई लिएर विभिन्न विषयहरू राख्दै राज्यपालसॅंग सहयोगको आब्हान गरे। उनले राज्यमा एउटा ग्रुप हेड क्वार्टरको आवश्यकतामाथि बल दिए। उनले अहिले पश्चिम बंगाल र सिक्किमको एउटा ग्रुप हेड क्वार्टर रहेको जानकारी गराए। उनले अन्य राज्यहरूमा जसरी एनसीसी परीक्षा उत्तीर्ण गरेपछि नोकरी र केरियर प्रगतिको निम्ति प्रोत्साहन प्रदान गरिन्छ, सिक्किममा पनि यसको आवश्यकता रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement