रोलु दिवसको आयोजनालाई केन्द्र गरि समन्वय सभा

IMG-20241127-WA0316

गान्तोक: आगामी २१ दिसम्बरमा पालन गरिने १६औं रोलु दिवसको तयारीलाई लिएर आज रोलुमा एक समन्वय सभा सम्पन्न भयो। एसकेएम पार्टीका कार्यवाहक अध्यक्ष केएन लेप्चाको अध्यक्षतामा बसेको सभामा मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव लगायत कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै पार्टीका जेनरल सेक्रेटेरी अरूण उप्रेतीले रोलु दिवसको महत्वबारे विस्तृतरूपमा जानकारी गराए। विशेष गरेर उनले तत्कालिन तानाशाही सरकारको अन्य र अत्याचार सहन नसकेर वर्तमान मुख्यमन्त्री तामाङले एसडीएफ पार्टीबाट विद्रोह गर्दै २१ दिसम्बर २००९ मा रोलुमा गोले खेमाको नाममा बनभोजको निम्ति भेला भएको र त्यसै दिनदेखि सिक्किममा नयाँ राजनीतिक दलको गठन हुने प्रशस्त सम्भावनाहरू देखिएको बताए। परिवर्तनको नारा लिएर मानिसहरू गोले खेमामा आउन थालेको जानकारी गराउँदै विस्तारै खेमादेखि पार्टीमा परिणत भएको अवगत गराए।उनले आगामी दिनमा पालन गरिने १६औं रोलु दिवस तयारीलाई लिएर विभिन्न् व्यक्तिहरूलाई कामको उत्तरदायित्व पनि सुम्पिए। जस-जसलाई कामको जिम्मेवारी सुम्पिएको छ, उनीहरूले इमान्दारपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने आशा व्यक्त गरे।

यसै क्रममा सभाका अध्यक्ष केएन लेप्चाले आगामी दिनमा पालन गरिने रोलु दिवसलाई सफल तुल्याउनको निम्ति सबैले आ-आफ्नो कर्तव्य पुरा गर्नुपर्ने आग्रह गरे। उक्त दिन राज्यका मुख्यमन्त्री तामाङले सिक्किमको विकासको निम्ति तयार गरिएको रोड म्यापबारे कार्यक्रममा घोषणा गर्ने बताए। यसै क्रममा मन्त्री भोजराज राईले वर्ष २००९ मा यसै स्थानमा आयोजना गरिएको पहिलो रोलु बनभोज कार्यक्रमको सम्झना गर्दै त्यसको स्मरण सबैमा साझा गरे। उनले बताए अनुसार एसडीएफ पार्टीबाट विद्रोहको शंखघोष गर्दै वर्तमान मुख्यमन्त्री तामाङले सिक्किममा परिवर्तन हुन आवश्यक रहेको कुरालाई महसुस गर्दै नयाँ पार्टी गठन गरेर राज्यका जनतालाई न्याय दिलाउनु पर्छ भन्ने मनसाय लिएर उनले नयाँ पार्टी गठनको निम्ति अभियान शुरू गरेको हुन्। यसरी तीन-चार वर्ष गोले खेमाको नामले चिनिने गरेको टोली अन्ततः वर्ष २०१३ मा पार्टीमा परिणत भएको बताए। उनले आगामी २१ दिसम्बरको दिन पालन गरिने १६औं रोलु दिवसलाई भव्य र सभ्यरूपमा सफल पार्नको निम्ति पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे। प्रत्येक निर्वाचन क्षेत्रले कम्तिमा पनि दुईसयवटा वाहन लिएर आउनु पर्ने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement