सभासद अरुण सिंग्चीलाई संवर्द्धना जनाइयो

मिरिक: किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिक सौरेनी क्षेत्रीय समितिका सदस्यहरुले जीटीएका स्वास्थ्य एवम् अल्पसंख्यक विभागका नव निर्वाचित भारप्राप्त सभासद अरुण सिंग्चीलाई सम्वर्द्धना जनाइयो।उनकै वासगृहमा भेट गरेर उनलाई संवर्द्धना जनाइएको थियो । सभासद अरुण सिंग्चीले यस क्षेत्रको विकाससँग सँगै समाजहरुको उत्थान अनि उन्नतिको निम्ति जुन कार्य गरेका छन्, त्यो अतुलनीय रहेको बताउँदै तिनको सुस्वास्थ्य अनि दिर्घायुको कामना गर्दै भविष्यमा पनि यस्तै सेवामूलक कार्यहरुको आशा अनि भरोसा राखेका छौ भन्दै सौरेनी क्षेत्रीय समितिका प्रतिनिधि अदित्य राईले जानकारी गराएका छन्।

About Author

Advertisement