भाजपा प्रतिनिधिहरूको प्रशासनिक अधिकारीहरूसँग भेट

IMG-20241127-WA0292

गान्तोक: गत २४ नोभेम्बरको दिन पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रोलेपको एसके डाँड़ामा निर्माणाधिन सड़क मार्गमा माथिबाट ढुङ्गा झरेर वाहनमा लाग्दा एक व्यक्तिको मृत्युको घट्नालाई लिएर भारतीय जनता पार्टी, सिक्किमले गहिरो दुःख साथै चिन्ता व्यक्त गरेको छ। यस घट्ना सम्बन्धमा पार्टीको पाकिम जिल्ला शाखाले आज जिल्लाका अतिरिक्त पुलिस अधिक्षक, एसडीपीओ साथै अतिरिक्त जिल्लापालसित भेट गरेर घट्नाको निष्पक्ष जाँच अनि आवश्यक कार्वाहीको माग गरेको छ। यो दुर्घटना सड़क निर्माणस्थलमा रहेका कर्मचारीहरूको लापरवाहीको कारण भएको भाजपा-को भनाइ रहेको छ। उल्लेखनीय छ, उक्त दुर्घट्नामा एकजना पूर्व पञ्चायत नोपु थागे भोटियाको मृत्यु भएको छ।
भाजपाले जिल्ला प्रशासनका अधिकारीहरूसँगको भेटघाटमा पाकिम क्षेत्रमा निर्माणाधिन सड़क मार्गहरूमा उच्च जोखिम क्षेत्र र ढुङ्गा झर्ने ठाउँहरू चिन्हित गरिनुपर्ने, आवश्यक सुरक्षा उपाय अप्नाइनुपर्ने र नियमित रुपमा सर्नेक्षण गरिनुपर्ने माग राखेको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement