सिक्किम राज्य सहकारी ब्यांकलाई राष्ट्रिय पुरस्कार

IMG-20241127-WA0288

गान्तोक: सिक्किम राज्य सहकारी ब्यांकलाई अखिल भारतीयस्तरमा वर्ष २०२२-२३ को लागि समग्र उत्कृष्ट प्रदर्शन गरेकोमा प्रतिष्ठित तेस्रो पुरस्कार प्राप्त भएको छ। राज्य सहकारी ब्यांकहरुको राष्ट्रिय महासंघले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ। उक्त पुरस्कार पेमा चेम्जोङले ग्रहण गरेकी थिइन्। कार्यक्रममा केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहको बाहुलीबाट प्रदान गरिएको थियो। यसको लागि नयाँ दिल्लीको प्रगति मैदान परिसरमा भव्य कार्यक्रम आयोजन गरिएको थियो। यस सम्मानले ब्यांकको सेवा, वित्तीय स्थायित्व र सहकारी ब्यांकिङ क्षेत्रमा गरेको योगदानलाई सुधार गर्न महत्वपूर्ण प्रोत्साहन मिल्ने बताएको छ। यस उपलब्धिले राज्यभित्र समावेशी आर्थिक वृद्धि र वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न सहयोग मिल्ने आशा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement