तुफानगंजमा झाडीको पछाडि सडेको शव भेटेपछि क्षेत्रमा सनसनी

IMG-20241127-WA0243

कोचबिहार: तुफानगंज दुई नम्बर ब्लकको नगरखाना क्षेत्रमा झाडीको पछाडि एक अज्ञात क्षतविक्षत शव फेला पर्दा सनसनी फैलिएको छ। स्थानीय बासिन्दालाई खेतमा धान काट्ने क्रममा दुर्गन्ध आएको पछि नजिकै गएर हेरेपछि उनीहरूलाई झाडीमा एक व्यक्तिको शव देखियो। यो खबर फैलिनासाथ इलाकाका धेरै मानिसहरू त्यहाँ जम्मा भए। यसको सूचना बक्सीरहाट पुलिस चौकीलाई दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई फेला पारेर पोस्टमार्टमको लागि कोचबिहार जिल्ला मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिसले मृतकको नाम र पहिचान थाहा पाउन प्रयास गरिरहेको छ। पुलिस घटनाको जाँचमा जुटेको छl स्थानीय बासिन्दा बिनय लायेकले भने, “शव सडेको अवस्थामा झाडीमा थियो। अनुहार र शरीरमा कीराहरु थिए। को हो, कहाँबाट आएको हो,केही बुझ्न सकिएन। तर त्यो मानिस हामीमध्ये कोही होइन। किनकि हाम्रो गाउँबाट कुनै व्यक्ति हराएको छैन। वरिपरिको गाउँहरूबाट पनि कसैको हराउने सूचना आएको छैनl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement